५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

आनन्दराज बतासको पक्षमा कमल थापा खुल्नुको भित्री कथा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले बतास समूहका मालिक आनन्दराज बतासको चरित्र हत्या गरिनु ठिक नहुने बताएसँगै यसबारे अहिले व्यापक बहस सुरु भएकाे छ ।

नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले रेष्टुरेन्ट खोल्न लागेको र त्यसका लागि निर्माणाधीन भवन पर्यटनमन्त्री प्रेमकुमार आलेको आदेशमा भत्काइएपछि नेपाली समाज बतासको पक्ष र विपक्षमा विभाजित भइरहेको छ । बतास समूहले शक्तिका आडमा देशको विभिन्न स्थानमा ठेक्का पारेर काम गरिरहेको सार्वजनिक भइरहेका बेला आइतबार बिहान राप्रपा पूर्वअध्यक्ष थापा उनको बचाउमा उत्रिएका छन् ।

बतास समूहका अध्यक्ष आनन्दराज बतासविरुद्ध अहिले चौतर्फी आक्रमण भइरहेको भन्दै आइतबार बिहान ७ः३४ बजे थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आनन्दराज बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको छ । भित्री रहस्य थाहा छैन । मैले चिनेको आनन्दराज बतास सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन् । उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ । चरित्रहत्या गरिनु ठिक होइन ।’

सत्ता र राजनीतिक संरक्षणको सिँढीमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला थापाले सार्वजनिक धारणाले धेरैको ध्यान तानेको छ । आखीर किन थापाले बतासकाे पक्ष लिए त ?

बतासबाट कानुन उल्लंघन भएको कारबाही गरिनुपर्ने तर चरित्रहत्या गरिनु ठिक नभएको थापाले भनाइ छ । तर, थापाले आफूले पहिलेदेखि नै चिनेको बताएका छन् । राप्रपाका एक नेताका अनुसार थापा र बतासबीच हार्दिक सम्बन्ध छ । बतासले थापालाई आर्थिक सहयोगदेखि गाडीसमेत किनिदिएको राप्रपा स्रोतको भनाइ छ । जसकारण अहिलेसम्म कुनै पनि दलका नेता नबाेल्दा बतासको बचाउमा थापा उत्रिएका हुन् ।

गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा समेत थापालाई बतासले आर्थिक सहयोग गरेको थियो । पशुपति क्षेत्रमा बतास समूहले बनाएको भवनमा थापाले सम्पर्क कार्यालय खाेलेका थिए । भृकुटीमण्डपमा महाधिवेशन गरिने भएपछि पशुपति आउजाउमा सवारी जामसहितका समस्या हुने भएपछि थापाले आफ्नो सम्पर्क कार्यालय याक एन्ड यती होटेलमा बनाएका थिए । यसमा पनि बतास समूहले थापालाई आर्थिक सहयोग गरेको राप्रपाका एक नेताले खबरकुरालाइ बताए ।

तर, बतास समूहको सहयोगबारे पूर्वअध्यक्ष थापाले केही खुलाएका छैनन् । खुलाउने कुरा पनि भएन । तर, उनले बतासलाई सामान्य अवस्थाबाट संघर्ष गर्दादेखि नै चिनेको बताएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १ : २४ बजे

काठमाडौं-६ : मतदाता भन्छन् – ‘गरिखाने वातावरण देऊ’

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै

बुर्तिबाङ-ढोरपाटन सडक निर्माण धमाधम

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक

झापा-५ मा केपी ओलीद्वारा ४२ बुँदे प्रतिबद्धता सार्वजनिक (पूर्णपाठसहित)

झापा । नेकपा (एमाले)का अध्यक्ष तथा झापा क्षेत्र नं. ५

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका- २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२

कांग्रेसमा कोइराला परिवारको उदाउँदो नक्षर सुधान्सु कोइराला

नेपालगन्ज । ४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट