५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

बेलहिया नाकामा उच्च सतर्कता, कोभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक



बुटवल । काेभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ ।

केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई जाँचका क्रममा कोरोना संक्रमण देखिएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो । ‘अहिले सीमानाका खटिएका कर्मचारीले स्वास्थ्य जाँच गरेर मात्रै नेपाल प्रवेशको अनुमति दिन्छन्, स्वास्थ्य जाँचबिना गन्तव्यमा पुग्न रोक लगाइएको छ,’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीले भने ।

अहिले भारतबाट नेपाल भ्रमणका लागि आउने पर्यटकलाई समेत सुरक्षाकर्मीले बेलहिया नाकामा रोक्ने गरेका छन् । पर्यटकलाई बेलहिया हेल्थ डेस्कमा कोरोना परीक्षण गर्ने व्यवस्था छ । कोरोना पोजेटिभ देखिए उनीहरुलाई नेपाल भ्रमणको अनुमति दिँइदैन ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले झिन्टीगुन्टा बोकेर स्वदेश फर्किने नेपाली र बाह्य पर्यटकको नाकामा एन्टिजन विधिबाट कोरोना परीक्षण हुने गरेको जानकारी दिए । “स्वदेश फर्किएका नेपालीमा संक्रमण देखिए सुरक्षितरुपमा गन्तव्यमा पुर्‍याइन्छ भने भारतबाट आउने पर्यटकहरुमा संक्रमण देखिए नाकाबाट नै फर्काउने गरिएको छ,’ उनले भने ।

भारतमा कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन तीब्र रुपमा फैलिन थालेपछि रुपन्देहीको बेलहिया नाकामा सतर्कता अपनाउन थालिएको हो । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका कर्मचारी खटिएका छन् ।

मुख्य नाकामा एन्टिजन विधिबाट कोरोना परीक्षण हुने भए पनि स्थानीय सर्वसाधारणलाई नाकाबाट आवतजावतमा कुनै रोकावट छैन । जसबाट पनि संक्रमणको जोखिम बढेको ओमसतिया गाउँपालिकाकाका प्रमुख हिरा केवटले बताए ।

नाकामा परीक्षणकाे दायरा बढ्याे

बेलहिया नाकामा एन्टिजन परीक्षणको दायरा बढाइएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नाकामा एन्टिजन परिक्षणको दायरा बढाउँदा नाकामै संक्रमित फेला पर्न थालेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।

उनका अनुसार बेलहिया नाकामा पुस २१ गते स्वदेश भित्रिनेमध्ये २८० जनाको एन्टिजन परीक्षण गर्दा ३६ जनामा पोजेटिभ देखिएको थियो । त्यस्तै २२ गते ५१८ जनामा परीक्षण गर्दा १०५ जनामा, २३ गते १८० जनामा परीक्षण गर्दा १८ जनामा, २४ गते ४०७ जनामा परीक्षण गर्दा ३९ जनामा, २५ गते २३० जनामा परीक्षण गर्दा २६ जनामा र २६ गते ३२५ जनामा परीक्षण गर्दा ३१ जनामा पोजेटिभ देखिएको छ ।

नाकाबाट आवतजावत गर्ने सबैको कोरोना परीक्षण हुँदैन ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : ३९ बजे

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेदवार खत्री

देवदह । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्रनम्बर-१ मा नेपाली

रुपन्देहीमा उन्नत गहुँ खेतीसम्बन्धी एकहप्ते तालिम, नयाँ जात र प्रविधिमा किसानलाई प्रशिक्षण

रुपन्देही । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत उन्नत गहुँ खेती

काठमाडौं-६ : मतदाता भन्छन् – ‘गरिखाने वातावरण देऊ’

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै

बुर्तिबाङ-ढोरपाटन सडक निर्माण धमाधम

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक