२ पुस २०८२, बुधबार | December 17, 2025

हराएका दुई कलाकृति अमेरिकाबाट ल्याइँदै



काठमाडौं । नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो ।

सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा. जोरिट ब्रिट्स्गीले संयुक्त रूपमा रुबिनको स्थायी सङ्ग्रहबाट दुईवटा सम्पदा नेपाल फर्काउने घोषणा गरेका हुन् ।

मालासहित उडिरहेकी अप्सरा र मूलढोकामाथि राखिने तोरण सन् ९० को दशकमा काठमाडौँ उपत्यकाका विहारबाट हराएका थिए । ती कलाकृति रुबिन सङ्ग्रहालयमा सन् २००३ र २०१० मा पुगेका थिए ।

कार्यवाहक महावाणिज्यदूत गौतमले ऐतिहासिक कलाकृति नेपाल फिर्ता गराउन सहयोग गरेकामा रुबिन सङ्ग्रहालय, त्यसका कार्यकारी निर्देशक, ट्रस्टी बोर्ड, सङ्ग्रहालयका विद्वान् र पदाधिकारीहरुप्रति आभार व्यक्त गरेको न्युयोर्कस्थित नेपालको महावाणिज्यदूतावासले जनाएको छ ।

रुबिनको सङ्कलन गतिविधिहरू सिद्धान्तसँग सम्बन्धित नैतिक र व्यावसायिक अभ्यासको उच्चतम स्तरहरूको पालना गर्ने बताउँदै कार्यकारी निर्देशक ब्रिट्स्गीले पुरातात्विक वस्तुहरूको चोरी कला संसारमा एक प्रमुख चिन्ताको विषय बनेको वास्तविकता सुनाए । “हामीले सङ्कलन र प्रदर्शन गर्ने कला र वस्तुहरूको होसियारीपूर्वक अनुसन्धान गर्नु हाम्रो कर्तव्य हो,” चोरीका कलाकृति सङ्ग्रहालयमा पुगेकामा खेद व्यक्त गर्दै उनले भने।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ३ : १४ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व