२ पुस २०८२, बुधबार | December 17, 2025

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक



काठमाडौँ । निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । राजनीतिक दलहरुसँग परामर्श गर्न भन्दै आयोगले सर्वदलीय बैठक बोलाएको हो ।

दलहरुसँग छलफलका लागि शुक्रबार शुक्रबार साढे ११ बजे बस्ने गरि बैठक बोलाइएको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् ।

थपलियाका अनुसार बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्राणा गरिएको छ । निर्वाचन आयोगले आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका बारेमा दलहरुसँग छलफल गर्न बैठक बोलाइृएको जनाएको छ ।

त्रैठकमा आयोगले हाल जारी राखेको मतदाता नामावली संकलनको कामका विषयमा आयोगले दलहरुलाई जानकारी दिने कार्यक्रम रहेको बताइएको छ ।

त्यस्तै, स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा पनि छलफल हुने छ ।

आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा गत पुस ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते स्थानीय तहको चुनावका विषयमा प्रस्ताव गरेको थियो । सरकारले भने त्यस सम्बन्धमा कुनै निर्णय गरिसकेको छैन ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १० : ३१ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व