२ पुस २०८२, बुधबार | December 17, 2025

आजको मौसम : पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम बाहेक सबै प्रदेशमा वर्षाको सम्भावना छन् । त्यस्तै, उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भू-भागमा आंशिक बदली रहेको छ । आज राति पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ ।

यस्तै, माघ १ गते प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ८ : २६ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व