१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

बागमतीको शङ्खमूल क्षेत्रमा महिनौँदेखि थुप्रिएको फोहरको व्यवस्थापन



काठमाडौं । बागमती नदीको शङ्खमूल क्षेत्रमा महिनौँदेखि थुप्रिएको फोहरको व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको ४५३ औँ हप्ताको सफाइका क्रममा आज शङखमूल पुलमुनि थुपारिएको फोहर उठाएर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

सो अवसरमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जेसिभी प्रयोग गरेर थुपारिएको फोहर उठाएको थियो । सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । सफाइ २५/२५ जनाको समूह बनाएर भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गरिएको थियो ।

पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि सजगता अपनाएर सफाइ महाअभियानलाई निरन्तरता दिइएको महाअभियानले जनाएको छ ।

सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौं महानगरपालिका वडा नं ११ अध्यक्ष हीरालाल तण्डुकार, हनुमान मार्ग टोल सुधार समितिका अध्यक्ष दिव्यमणि ज्ञवाली, वानेश्वर महिला वातावरण सेवाका दुर्गा दुलाल, विभिन्न सङ्घसंस्था, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकुका कर्मचारी एव बागमती सफाइ अभियानकर्मीको सक्रियता रहेको उनले सुनाए ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको अन्तिम दिन शनिबार बिहान दुई घण्टा निरन्तर जारी छ । चाडपर्व, चिसो, गर्मी, प्राकृतिक प्रकोप एवं कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान हुने गरेको छ ।

महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा यसका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल काठमाडौँ उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

गुह्येश्वरी माथिको बागमती सफाइ आज पनि जम्बोडाँडा क्षेत्रको नदी किनारमा गरिएको छ । त्यस क्षेत्रलाई फोहरमुक्त गर्न गत हप्तादेखि नै सफाइ अभियानलाई त्यहाँ केन्द्रित गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए ।

मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले मनोहरा नदी किनार क्षेत्रमा सफाइ गरेको छ । मनोहरा सफाइ अभियानको २५२ औँ हप्तामा काठमाडौं महानगरपालिका वडा नं ३२ जडीबुटी नमूना बस्ती क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको मनोहरा सफाइ संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, चक्रपथको उत्तरी र पश्चिमी भेग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ । महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थल सफाइ भइरहेको छ । काठमाडौं उपत्यका बाहिर १०९ स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ५ : २१ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज