२१ माघ २०८२, बुधबार | February 5, 2026

उफ ! महँगी



काठमाडौं । उफ ! महँगी’ । लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने ? कसरी आफू बाँच्ने ? सारै गाह्रो भयो ।’ अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना कोठा भाडाबापत ७ हजार रुपैयाँ तिनुपर्छ ।

फूलमाया अरूको घरमा भाडा माझ्ने र लुगा धोएर छोरा छोरी पाल्ने गर्छिन् । ‘महिनामा १०/१५ हजार रुपैयाँ कमाइ हुँदा पहिला त खान पुग्थ्यो । अहिले त महिनाभरि खानै पुग्दैन,’ उनले भनिन् ।

दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएपछि बच्चालाई कसरी पाल्ने, घरको चुलो कसरी बाल्ने चिन्ता बढेको छ उनलाई । दुःखेसो पोख्दै तामाङ भन्छिन्, ‘बजारमा सामान किन्न जाँदा छोइसक्नु छैन महँगीले ।’

‘बजारमा एक किलो चिनीको १ सय रुपैयाँ पर्छ, तेल, दाल, चामल, गेडागुडी सबै उतिकै महँगो छ । कसरी किनेर खाने ?’ फूलमायाले भनिन्, ‘चिसो छ तर चिनी महँगो भएकाले घरमा चिया पकाउन छोडिसकेकी छु । कमाइले नधानेपछि हप्ताको एक दिन छोरा छोरीलाई कुखुराको मासुसमेत खुवाउन छाडिसकेको छु ।’

काभ्रे घर भई हाल काठमाडौंको अनामनगरमा कोठा भाडा लिएर बस्दै आएकी सीता गुरुङको पिडा पनि फूलमायाको भन्दा फरक छैन । बढ्दो महँगीले उनको पनि रातको निद्रा उडाएको छ । सीता गुरुङ पनि दैनिक ज्याला मजदुरी गरेर महिनामा मुिस्कलले १२/१५ हजार रुपैयाँ कमाउँछिन् । कोठा भाडा ७ हजार रुपैयाँ तिर्नुपर्छ । उनलाई साथ दिने श्रीमान् सँगै छैनन् । तर, दुई बच्चाको स्याहार सम्भार उनी आफैंले गर्नुपर्छ ।

उनी पनि अरूकै घरमा भाँडा माझ्ने र लुगा धुने गर्छिन् । दुःखेसो पोख्दै गुरुङ भन्छिन्, ‘महँगी जति बढे पनि हुने खानेलाई केही फरक पर्दो रहेनछ । फरक पर्ने भनेको हामीजस्ता गरिबलाई मात्र हो ।’

सीता गुरुङ र फूलमाया तामाङ त एउटा उदाहरण मात्र हुन् । पछिल्लो समय महँगीले आकास छोएपछि सर्वसाधारणलाई दैनिक गुजारा गर्न कठिन भएको छ । सरकारी निकाय भने बजार महँगीलाई नियन्त्रण गर्न छोडेर मूकदर्शक बनेर बसेको छ ।

वस्तुको नाम प्रतिकेजी मूल्य

खान पकाउने प्रतिसिलिन्डर ग्याँस– १५७५ रुपैयाँ
सूर्यमुखी तेल– २५० देखि २५५ रुपैयाँ
धारा तोरीको तेल– ३७० रुपैयाँ
भटमासको तेल– २४० रुपैयाँ
मासको दाल– १७० रुपैयाँ
नेपाली मासको दाल– २१० रुपैयाँ
सहरको दाल– १७० रुपैयाँ
मुसुराको दाल– १६० रुपैयाँ
रातो चना– ११० रुपैयाँ
केराउ– ११० रुपैयाँ
जिराम सिना चामल– ७५ रुपैैँया
इस्टिम चामल– ७५ रुपैयाँ
चिनी– १०० रुपैयाँ
हरियो मटरा– १४० रुपैयाँ
मैदा– ५५ रुपैयाँ
आटा– ५० रुपैयाँ

स्रोतः खुद्रा व्यवसायी संघ नेपाल । आजको राजधानी दैनिकमा कोशिला कुँवरले याे समाचार लेखेकी छन ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : १६ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता