४ पुस २०८२, शुक्रबार | December 20, 2025

अपाङगता भएका महिला विरुद्ध हुने हिंसा र न्युनिकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न



बुटवल । नेपाल अपाङग महिला संघ नेपालको आयोजनामा अपाङगता भएका महिला विरुद्ध हुने हिंसा र न्युनिकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम बुटवलमा सम्पन्न भएको छ । अपाङगता भएका महिला नेतृत्व र सरोकारवालाका लागि आयोजना गरिएको तालिम गत माघ २ गते देखि सुरु भएको हो ।

उक्त प्रशिक्षण तालिमको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले समापन गरिन । सो अवसरमा बोल्दै उनले अपाङगता भएकाहरुलाई आफुले निरन्तर सहयोग गरेको बताउँदै समय अनुकुल बजेटको समेत व्यवस्था गरिएको बताइन ।

उनले अपाङगता भएका महिलाहरुमा हुने हिंसा न्यूनिकरणका लागि सवैको पहल र सहयोग हुनुपर्ने बताइन । कपिलबस्तु, रुपन्देही, अर्घाखाँची र दाङ जिल्लाका १२ पालिकाका नगरप्रमुख तथा उपाध्यक्ष गरी २५ जना सहभागि भएको तालिममा अपाङगता भएका महिला विरुद्ध हुने हिंसा र न्युनिकरणका उपायबारे विभिन्न कार्यपत्र प्रस्तुत भएका थिए ।

नेपाल अपाङग महिला संघ नेपालकी अध्यक्ष टिका दाहालले अपाङगता भएका महिला विरुद्ध हुने हिंसा बारे कार्यपत्र प्रस्तुत गरेकी थिइन । त्यस्तै महासचिव मिना पौडेलले हिंसाका क्षेत्र र जोखिम न्यूनिकरण बारे कार्यक्रममा सहभागिलाई प्रशिक्षण दिएकी थिइन ।

त्यस्तै महिला, बालबालिका तथा परिबार कल्याण मन्त्रालयकी शारदा बस्याल, कदम नेपालकी ईन्दीरा आचार्य, मानव अधिकार आयोग बुटवल कार्यालयका उप सचिव सन्तोष आचार्य, अपाङगता महिला संघ रुपन्देही जिल्ला अध्यक्ष कल्पना ढकाल, प्रदेश फोकल पर्सन पार्वती न्यौपाने लगाएतले बोलेका थिए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको