१ चैत्र २०८२, आइतबार | March 15, 2026

ब्रेन ट्युमरका बिरामी थापालाई मगर संसार अनलाईन ग्रुपको आर्थीक सहयोग



बुटवल । ठुलो उपचार खर्च लाग्ने भएपछि समस्यामा परेका रुपन्देहीको देवदह निवासी एकजना ब्रेन टुमर बिरामीलाई आर्थीक सहयोग गरिएको छ । ब्रेन ट्युमरका कारण समस्यामा परेका १९ वर्षीय आयूष थापा मगरलाई शनिबार एक कार्यक्रमका बिच मगर संसार फोटो ग्यालरी अनलाईन ग्रुपको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको हो ।

बिरामी आयूषलाई एक लाख दुई हजार तीन सय एकासी रुपैयाँ प्रदान गरिएको स्थानीय पत्रकार ज्योती खाम्चा मगरले जानकारी दिईन् । सो रकम सामाजिक संञ्जाल बाट संकलन गरीएको मगर संसार फोटो ग्यालरी एडमिन सदस्य अमिर थापामगरले जानकारी दिए।

अमिरका अनुसार अनलाइन ग्रुपका सस्थापक अध्यक्ष अनिल लामिछाने मगरको पहलमा सो रकम उठेको हो । मगर संसार फोटो ग्यालरीले विगतका दिनहरुमा पनि धेरै सहयोग गर्दै आएको बताउँदै उनले यो ९५ औ सहयोग रहेको बताए ।

देवदह नगरपालीका ८ बनकट्टा निवासी बजर बहादुर थापा र धनकुमारी थापा मगरको १९ वर्षीय छोरा आयुष इन्डियाको हरियानामा उपचारत छन । सोही कार्यक्रममा बोल्दै नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष शोभा कुमारी थापा मगरले विरामिलाई स्वास्थ लाभको कामना गदै मगर संसार फोटो ग्यालरीलाई धन्यवाद दिए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ८ : ५१ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च