१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

२२ वर्षको उमेरमै पुछिएको गोरीकलाको सिन्दुर



मुगु । हिउँद महिनाको समय फुस्स उडेको अनुहार, टाउको ओढेको हरियो रंगको पछ्यौरा, काखमा दुई दुधे बालक च्यापेर बसेकी छायाँनाथ रारा नगरपालिका–८ टोप्ला कि गोरीकलाको मन छियाछिया परेको छ ।

उनी उमेरले २२ वर्ष पुगिन् । तर, उनको जीवनमा परेको बज्रपातले गौरीकलालाई मात्र होइन जो सुकैलाई पनि स्तब्ध बनाउँछ । उनको यो कलकाउँदो उमेरमा उनको जीवनको साहरा खोसिएको छ । उनको पति टोपबहादुर विष्टले यो संसार छाडेपछि गौरीकला साहराविहीन बन्न पुगेकी छन् । जसले गर्दा उनको मन छियाछिया परेको छ ।

गत २६ असोज फुलपातीको दिनमा भएको बस दुर्घटनामा पति टोपबहादुरको मृत्यु भयो । अध्ययनको लागि नेपालगञ्जमा रहेका उनी दसैँ मनाउन घर फर्केका थिए । सोही क्रममा छायाँनाथ रारा नगरपालिका–७ पिना गाउँमा भएको बस दुर्घटनामा टोपबहादुरको मृत्यु भएको थियो ।

पतिको मृत्युपछि गोरीकलालाई दुई सन्तानको लालनपालन र शिक्षादीक्षाको जिम्मेवारी आइपरेको छ । घरमा दुई छोरासहित सासुको हेरचाहको जिम्मेवारी पनि गौरीकलाकै काँधमा छ । ससुराको मृत्यु भइसकेको छ ।

ससुराको निधनपछि टोपबहादुरको सहारामा जीवनयापन गर्दै आइरहेका बिष्टका दम्पती बुबाको निधनको आँसु पुछ्न नपाउँदै टोपबहादुरको पनि मृत्युले गौरीकलाको परिवारमा बज्रपात परेको हो ।

कक्षा १० सम्म अध्ययन गरेकी गोरीकलाकै सल्लाहमा श्रीमानसँगै उच्च शिक्षा अध्ययन गर्न नेपालगञ्ज गएका थिए । टोपबहादुरले काम गर्दा जोहो गरिदिएको केही रकमले अहिले छाक टारेका उनीहरू अब के खाने, के गर्ने भन्ने चिन्तामा पिरोलिन थालेका छन् ।

टोपबहादुरले जम्मा गरेको रकम र बिमा गरेको बचतले गोरीकलाले छोरा र सासुको पालनपोषणमा खर्च गरेको बताइन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १२ : ०९ बजे

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई

अटिजमको कथा बोकेको चलचित्र ‘गौँथली’ आजदेखि प्रदर्शनमा

काठमाडौं । अटिजमजस्ता संवेदनशील विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली

लागत बढेपछि चपेटामा किसान

सर्लाही । बरहथवा नगरपालिका-५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

तनहुँ । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ

तीन महिनामा तीन हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु

काठमाडौं । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६