१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

देवदहको बुद्धनगर सामुदायिक वनमा २ जनाको शव फेला



बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा मंगलबार दिउँसो २ जनाको शव फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गस्थित रुपन्देहीको देवदह नगरपालिकामा पर्ने बुद्दनगर सामुदायिक वन घोडाहा ९ मा शव फेला परेको हो ।

अन्दाजी ३५ वर्षीया महिलासँगै अन्दाजी ६ वर्षको बालिका मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भास्कर चन्दले बताए ।

मधेशी मूलको जस्तो देखिने उनीहरुको शव फेला परेसँगै आवश्यक अनुसन्धान अघि बढाइएको चन्दले बताए ।
शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिए ।

शवको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको उनले बताए । उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बुटवल र देवदह प्रहरी चौकीबाट खटिएको टोलीले घटना बारे थप अनुसन्धानलाई अघि बढाएको छ ।

 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ३ : ५७ बजे

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका