१ चैत्र २०८२, आइतबार | March 15, 2026

रुपन्देही व्यापार संघमा १७ सदस्यीय सल्लाहाकार चयन



बुटवल । रुपन्देही व्यापार संघको मंगलवार बसेको कार्यसमितिको बैठकले संघको सल्लाहाकार तथा कार्यसमितिका सदस्यहरु मनोनित गरेको छ ।

संघको कार्यालयमा बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले सो निर्णय गरेको संघका महासचिव दयानिधि भण्डारीले जानकारी दिए । गत पुष १९ गते सम्पन्न संघको २० औ साधारणसभा तथा ११ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको हो ।

बैठकमा संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले प्रस्ताव गर्नु भएको नामावली बैठकले अनुमोदन गरेको थियो ।
संघको सल्लाहाकारमा आनन्दप्रसाद रेग्मी, जोगलाल विश्वकर्मा, माधव नेपाल, तुल्सीराम बञ्जाडे, बालाराम भट्टराई, कृष्ण प्रसाद पाण्डे, सुरज पाण्डे, रणबहादुर खनाल, खिमानन्द पोखरेल, खेमराज पुन, सूर्यबहादुर भटट्राई, ऋषिबहादुर भण्डारी, समुद्र जिसी रहेका छन ।

सोही बैठकले संघको आर्थिक सल्लाहाकारमा डा. ताराप्रसाद उपाध्याय, प्रेस सल्लाहाकारमा सुमन अधिकारी, कानुनी सल्लाहाकारमा लेखनाथ ढकाल र प्राविधिक सल्लाहाकारमा ई. ज्ञानप्रसाद अर्याललाई चयन गरेको महासचिव भण्डारीले जनाए । बैठकले संघको मानार्थ सदस्यमा बैकुण्ठ कोइराला तथा मनोनित सदस्यमा मिलन सुनार, पिताम्बर अर्याल, जयलाल न्यौपाने, खगुलाल गिरी र जिवनारायण घिमिरेलाई मनोनित गरेको छ ।

बैठकले संघको २ वर्षे रणनीतिक कार्ययोजना कार्यशाला गोष्ठी आगामी फागुन ७, ८ र ९ गते गर्ने निर्णय गरेको छ । सो गोष्ठि सम्पन्न गर्न सघंका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीको संयोजकत्वमा कोषाध्यक्ष नामदेव याण्डे र सहकोषाध्यक्ष मनिराम खनाल(मणी) सदस्य रहेको समिति गठन गरेको छ । संयोजक भण्डारीले संघले आयोजना गोष्ठिलाई उपलब्धीमुलक बनाउने गरि आयोजना गरिने बताएका छन ।

बैठकले संघले आगामी नया बर्षमा प्रकाशन गर्ने भित्ते पात्रोको तयारीका लागि सचिव फर्सुराम पन्तको संयोजकत्वमा सदस्यहरु ठाकुरप्रसाद आचार्य, प्रकाशराज पौडेल, वृन्दा आचार्य भट्टराई, मनिमदिन मिया“, रितेश ज्ञवाली र नलराज नेपाल रहेको समिति बनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ६ : १३ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च