४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना, आज हिमपात पनि हुने



काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम र गण्डकीमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक बदली छ । सुदूरपश्चिमका एक/दुई स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । राति पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली हुनेछ । पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको आँकलन मौसमविदले गरेका छन् ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ७ : २९ बजे

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो