४ पुस २०८२, शुक्रबार | December 19, 2025

भन्सारलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउन आवश्यक : अर्थमन्त्री शर्मा



काठमाडौं । आज विश्व भन्सार दिवस । नेपालमा पनि ७० औँ भन्सार दिवस मनाइँदैछ । दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले भन्सार प्रशासनलाई आधुनिकीकरण, विद्युतीय माध्यमको पूर्ण उपयोग र समग्र पूर्वाधालाई प्रविधिमैत्री बनाउन आवश्यकता रहेको बताएका छन् ।

दिवसका अवसरमा शुभकामना सन्देशमार्फत अर्थमन्त्री शर्माले भनेका छन्, ‘सेवाग्राहीलाई झन्झटरहीत सरल र पारदर्शी सेवा आवश्यकता हो । भन्सार जाँचपासलाई सरल बनाउन आधुनिक उपकरणसमेतको व्यवस्था गर्न जरुरी छ ।’

भन्सार प्रशासनमा कार्यरत कर्मचारीले केवल आफ्नो पेशाका लागि मात्र नभई देशकै अर्थतन्त्रलाई बलियो बनाउने जिम्मेवारी भएकोसमेत बोध हुनुपर्ने उनले उल्लेख गरेका छन् ।

अर्थमन्त्री शर्माले विगत दुई वर्षदेखिको कोभिड-१९ संक्रमणलाईसमेत न्यून गर्न भन्सार प्रशासनले निसंक्रमण तथा शीघ्र जाँचपासका उपाय अपनाएर आपूर्ति व्यवस्थालाई नियमित गर्न र वैदेशिक व्यापारलाई सहजीकरण गर्दै आएको बताएका छन् ।

भन्सार दिवसको अवसरमा सुरुवात भएको विद्युतीय भुक्तानी प्रणालीको दिगोपन कायम गरी भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीको व्यापार लागत घटाउन र व्यापार सहजीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्न सफलता मिलोस् भन्दै उनले शुभकामना दिएका छन् ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : १३ बजे

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो