४ पुस २०८२, शुक्रबार | December 19, 2025

सुख्खा पहिरोले पुरिएर रसुवामा एकको मृत्यु, एक जना घाइते



रसुवा । आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् ।

पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना सडकमा ग्याबिन वाल लगाउने काम गरिरहेको अवस्थामा पहिरोले पुरेको वडाध्यक्ष टासी छोवाङ तामाङले बताए ।

घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  २ : ०४ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज