१ चैत्र २०८२, आइतबार | March 15, 2026

तिलोत्तमा एकेडेमीको छात्राबास भवन शिलान्यास



बुटवल । तिलोत्तमा फुटबल एकेडेमीको छात्राबास भवन शिलान्यास गरिएको छ ।

एक समारोहका बिच तिलोत्तमा नगरपालिका वडा नं ३ का वडाअध्यक्ष टंक तिवारीले भवनको शिलान्यास गरेका छन । खेलकुदको विकास स्थानिय सरकार निरन्तर लागेको दाबी गर्दै उनले वडा कार्यालयबाट थोरै बजेट विनियोजन गरेर खेलकुद विकासको शुरुवात गरिएको बताए । ‘नगरसभाबाट थप बजेट विनियोजन गरिने छ ।’–उनले भने । खेल विकासमा सबैको उत्तिकै महत्व र योगदान जरुरी रहेको उनले बताए ।

कार्यक्रममा तिलोत्तमा वडा नं ३ वडासदस्य तेज बहादुर गुरुङले खेल क्षेत्रको विकासमा नगरबाट धेरै कामहरु भएको दाबी गरे । पुर्वाधार विकास र कार्यक्रमका कारण पनि अहिले पहिचान बनाउन आफुहरु सफल भएको उनले बताए ।

कार्यक्रममा एकेडेमीका अध्यक्ष तिलक नेपालीले ‘फुटबलको विकास र संरक्षण गर्ने हाम्रो अभियान – दक्ष खेलाडी उत्पादन गरि राष्ट्रलाई गर्छौ योगदान’ भन्ने नारासहित आफुहरु अगाडि बढेको बताए । वडा नं ३ बाट ३ लाख रुपैया र एकेडेमीका सदस्यहरुबाट ९ लाख रुपैयाबाट शुरुवात गरिएको बताए । छात्राबासमा ४० जना खेलाडीहरुलाई राख्न सुविधासम्पन्न भवन निर्माण गरिने उनले बताए । जहाँ स्टडी रुम, किचन, बाथरुम लगायत २ तल्ला भवनमा माथिल्लो तल्लामा ८ कोठाहरु हुनेछन ।

कार्यक्रममा एकेडेमीका सचिव एवं भवन उपभोक्ता समितिका संयोजक केश बहादुर गुरुङले ढाई कठ्ठा क्षेत्रफल जग्गामा २ तल्ले भवन निर्माण गरिने बताए । डिपिआर तयार गरेर पहिलो चरणमा करीब ६० लाख रुपैया बजेटमा पुर्वाधार तयार हुने उनले बताए ।

तिलोत्तमा वडा नं ३ कार्यालय सचिव गोकुल गिरी, एकेडेमीका महासचिव युवराज पराजुली, उपाध्यक्ष लालप्रकाश थापामगर, प्रशिक्षक याम गुरुङ, सिमानगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सुरज थापा, हाम्रो सगरमाथा आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण क्षेत्रीले खेल विकासमा सबैको साथ मिल्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ८ : ०१ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च