८ पुस २०८२, मंगलबार | December 23, 2025

विश्व इतिहासमा आजः अमेरिकामा दास प्रथा अन्त्यदेखि बेलायत इयुबाट औपचारिक रुपमा अलग भएको त्यो दिन



काठमाडौं । आज ३१ जनवरी २०२२ । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही घटनाः

श्रीलंकामा शक्तिशाली विस्फोट

सन् १९९६ मा श्रृलंकामा शक्तिशाली बम बिस्फोट हुँदा ९१ जनाको मृत्यु भएको थियो । राजधानी कोलम्बोस्थित केन्द्रीय बैंक अगाडि बिखन्डनकारी तमिल विद्रोहीले विस्फोटक पदार्थले भरिएको एउटा ट्रकलाई बिस्फोट गराएको थियो ।

अमेरिकामा दास प्रथा अन्त्य

सन् १८६५ मा अमेरिकी संविधानमा १३ औं संशोधन परित भएको थियो । सो संशोधनले अमेरिकाले औपचारिक रुपमा नै दासप्रथा अन्त्य गरेको थियो ।

बेलायत औपचारिक रुपमा इुयुबाट अलग

आजकै दिन बेलायत औपचारिक रुपमा युरोपेली युनियनबाट अलगत भएको थियो । ब्रेक्जिटका पक्षमा मतदान गरेको तीन वर्षभन्दा बढी समयपछि विभिन्न चरणमा भएका वार्तापछि ३० जनवरी २०२० मा बेलायत युरोपेली युनियनबाट अलग भएको थियो ।

म्यानमार प्रजातन्त्रतर्फ उन्मुख

सन् २०११ मा म्यानमारको पहिलो निर्वाचित संसद वैठक बसेको थियो । सो घटनाले म्यानमारलाई प्रजातान्त्रतर्फ उन्मुख बनाएको थियो ।

अलास्का एयरलाइन्सनको विमान दुर्घटना

सन् २००० मा अलास्का एयरलाइन्सको उडान नम्बर २६१ को विमान प्रशान्त महासागरमा खस्दा विमानमा सवार सबै ८८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ७ : ३० बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको