५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री देउवासँग प्रचण्डले गरे एमसीसी सम्झौता संशोधनको प्रस्ताव



काठमाढौं । एमसीसी अनुमोदन नगरे सत्ता गठबन्धननै टुट्न सक्ने चर्चा चलिरहेकै बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष एमसीसी सम्झौता संशोधनको प्रस्ताव राखेका छन् । सत्ता साझेदार दलका तीन शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले एमसीसी सम्झौता संशोधनको प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

नेताहरुको भेटवार्तामा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेको बालुवाटार स्रोतले दाबी गरेको छ । प्रचण्डले एमसीसीका केही बुँदा संशोधन नगरि पारित गर्न नहुने भन्दै संशोधन गरेर मात्र पारित गर्नु पर्ने प्रस्ताव गरेको स्रोतले उल्लेख गरेको छ ।

एमसीसी पारितका लागि सदनमा दर्ता भएपनि हालसम्म टेबुल गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका प्रतिनिधिसभा सभामुख अग्नी सापकोटाले बैठक सार्दे समेत गइरहेका छन् । गठबन्धन दलकै शीर्ष नेताहरूबीच एमसीसीबारे फरक फरक धारणा सार्वजनिक हुँदै आएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ३ : २९ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र