७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

कानूनमा तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७र०७८ को वार्षिक प्रतिवेदन आज पेस गरेका हुन् ।

आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेकोमा आयोग परिवारलाई धन्यवाद दिइन् ।

उक्त अवसरमा निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढी भन्दा बढी मतदाताहरूको सहभागिता गर्ने गराउने तर्फ कार्य गर्न, निर्वाचन प्रणालीलाई लैङ्गिक मैत्री बनाउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदाता मैत्री बनाउन उनले सुझाव दिइन् ।

आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य समेतको निर्वाचन गराउने महत्वपूर्ण जिम्मेवारीका साथै अवसर पनि रहेको कुरा व्यक्त गर्दै शान्ति, स्थिरता र विकासका लागि संविधान तथा प्रचलित कानूनमा तोकिएको समय सीमा भित्र नै सबै निर्वाचन सम्पन्न गर्न जरूरी भएकोले आवधिक तथा अन्य निर्वाचनका लागि आयोग मनोवैज्ञानिक तथा भौतिक रुपमा तयारी अवस्थामा रहनु पर्नेमा राष्ट्रपतिले जोड दिइन् ।

स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास राष्ट्रपति भण्डारीको थियो ।

प्रतिवेदन पेश गर्दै प्रमुख आयुक्त दिनेश कुमार थपलियाले प्रतिवेदन वर्षमा भए गरेका निर्वाचन सम्बन्धी नीति एवम् कानूनहरूको तर्जुमा, राजनीतिक दल दर्ता र सोको व्यवस्थापन, मतदाता नामावली संकलन तथा अद्यावधिकको अवस्था, मतदाताको संख्यात्मक विवरण, राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन लगायतका विषयमा जानकारी गराए ।

उक्त अवसरमा संवैधानिक व्यवस्था अनुसार आसन्न स्थानीय तह लगायतका निर्वाचन सञ्चालन एवम् व्यवस्थापनलाई लक्षित गरी आयोगबाट सम्पादन भएका मतदाता नामावली दर्ता, मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकन लगायतका विषयमा समेत जानकारी गराए । आयोगको तर्फबाट पेश भएको वार्षिक प्रतिवेदनमा आयोगबाट सम्पादित गरेका काम कारवाहीको सारांश, निर्वाचन आयोग सम्बन्धी व्यवस्था, निर्वाचन सम्वन्धी नीतिगत तथा कानूनी ब्यवस्था, वैठक ब्यवस्थापन, आयोगको साङ्गठनिक एवम् प्रशासकीय कार्य व्यवस्थापन, योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानून तथा राजनीतिक दल तथा बजेट कार्यान्वयन लगायतका विषयहरू समावेश गरिएको छ ।

प्रतिवेदन पेश गर्ने उक्त कार्यक्रममा निर्वाचन आयुक्तहरू, आयोगका सचिव लगायत कर्मचारीहरू तथा राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपतिका सल्लाहकार, विज्ञहरू, स्वकीय सचिव लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ७ : ४९ बजे

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा

टिभिएस एनटर्क १२५ का १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता, देशभर विशेष उत्सव आयोजना गरिने

काठमाडौं । नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा ऐतिहासिक उपलब्धि हासिल

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को ‘सुपर ८’ समीकरण पूरा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत ‘सुपर ८’

बुटवलका युवा उद्यमीको विश्वास : अर्थतन्त्र सुधारमा विष्णु पौडेलको भूमिका महत्त्वपूर्ण

बुटवल । बुटवलका युवा उद्यमीहरूले नेपालको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा