७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

विश्व इतिहासमा आजः म्यानमारकी प्रजातन्त्रवादी नेतृआङ सान सुकीलाइ नजरबन्ददेखि राष्ट्रसंघका पहिलो महासचिव



काठमाडौं । आज १ फेब्रुवरी सन् २०२२ । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही वैज्ञानिक तथा राजनीति घटनाक्रमः

१५ वर्ष निर्वासनपछि इरानका नेताको स्वदेश फिर्ती

करिब १५ वर्ष लामो निर्वासनपछि सन् १९७९ को १ फेब्रुवरीमा आयोतोल्लाह खोमेनी इरान फर्किएका थिए । उनी स्वदेश फर्किएपछि इरानमा १० दिनसम्म खुसीशाली मनाइएको थियो । राजनीतिक, धार्मिक, क्रान्तिकारी र दार्शनिक नेता खोमेनीको स्वदेश फर्किने क्रममा लाखौं मानिसले स्वागत गरेका थिए । निर्वासनका समयमा उनी इराकमा थिए ।

म्यानमारमा निर्वाचित सरकार अपदस्थ

सन् २०२१ को १ फेब्रवरीमा म्यानमारको सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरेको थियो । अपदस्थपछि सेनाले प्रजातन्त्रबादी नेतृ आङ सान सुकीलाई घरमै नजरबन्दमा राखेको थियो । नजरबन्दमा राखेपछि नेतृ सुकीमाथि सेनाको जुन्ता सरकारले विभिन्न आरोप लगाउँदै आएको छ । केही साताअघि मात्र त्यहाँको सैनिक अदालतले सुकीलाई चार वर्ष जेल सजाय सुनाएको थियो । केही दिनपछि सरकारले आधा सजाय मिनाह गरेको घोषणा गरेको थियो । उनीविरुद्धको अन्य मुद्दामा पनि अदालतमा सुनुवाई भइरहेका छन् ।

राष्ट्रसंघको पहिलो महासचिव

सन् १९४६ मा नर्वेका ट्रिग्भे ली राष्ट्रसंघको पहिलो महासचिवमा निर्वाचित भएका थिए । उनी १० नोभेम्बर १९५२ सम्म रष्ट्र संघका महासचिव थिए।

स्पेस सटल दुर्घटनाग्रस्त

सन् २००३ मा अमेरिकाको मावनसहितको अन्तरिक्ष यान द स्पेस सटल दुर्घटनामा परेको थियो । अमेरिकी अन्तरिक्ष कार्यक्रमअन्तर्गतको सो यान १ जनवरीमा वायुमन्डलमा पुनः प्रवेश गर्ने क्रममा खस्दा त्यहाँ सवार सातै जना कारिन्दाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ७ : २५ बजे

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा

टिभिएस एनटर्क १२५ का १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता, देशभर विशेष उत्सव आयोजना गरिने

काठमाडौं । नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा ऐतिहासिक उपलब्धि हासिल

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को ‘सुपर ८’ समीकरण पूरा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत ‘सुपर ८’

बुटवलका युवा उद्यमीको विश्वास : अर्थतन्त्र सुधारमा विष्णु पौडेलको भूमिका महत्त्वपूर्ण

बुटवल । बुटवलका युवा उद्यमीहरूले नेपालको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा