काठमाडौं । पश्चिमी वायुको प्रभावले आज पनि केही प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । यससँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
आज बिहान देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहको छ । बुधबार रातिदेखि यसको प्रभाव बढ्ने महाशाखाले जनाएको छ ।
आज पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १, मधेश‚ बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना महाशाखाको आकलन छ ।
त्यस्तै, आज राति राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।



















प्रतिक्रिया