१३ असार २०८३, शनिबार | June 28, 2026

सुजलको ६ वर्षपछि राष्ट्रिय टोलीबाट गोल



काठमाडौं । सुजल श्रेष्ठले राष्ट्रिय फुटबल टोलीका लागि ६ वर्षपछि गोल गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा मौरिससविरुद्ध अग्रता दिलाउँदा सुजलले ६ वर्षपछि गोल गरेका हुन् । यो उनको राष्ट्रका लागि तेस्रो गोल हो ।

यसअघि सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए । सुजनले यसअघि टिमोर लिस्टे र लाओसविरुद्ध गोल गरेका हुन् ।

दशरथ रंगशालामा जारी खेलको १०औं मिनेटमा सुजलले नेपालका लागि अग्रता दिलाएका हुन् । उनले पूजन उपरकोटिले बक्स भित्रबाट गरेको ब्याक फ्लिकलाई वान टचमै गोल गरे । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १-० ले विजयी भएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ५ : ४७ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट