४ पुस २०८२, शुक्रबार | December 20, 2025

धनगढीमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरी निरीक्षक गौरी जैसी घाइते



धनगढी । पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच कैलालीको धनगढीमा झडप भएको छ ।

अनेरास्ववियु र राष्ट्रिय युवा संघले बुधबार संयुक्त रुपमा आयोजना गरेको बिरोध र्‍याली धनगढीस्थित सुदूरपश्चिम प्रदेश मुख्यन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पुगेर रोकिएको थियो । मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थीले राके जुलुस निकाल्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्न खोज्दा झडप भएको हो ।

प्रहरीले लाठी चार्ज गरेपछि विद्यार्थीले ढुंगा हानेका थिए । आन्दोलनरत विद्यार्थीले प्रहार गरेको ढुंगा लागेर वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक गौरी जैसी र एक जना प्रहरी जवान सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए । अहिले स्थिति सामान्य बनेको उनले बताए ।

प्रहरीको लाठी चार्जपछि विद्यार्थीले मुख्यमन्त्री राजीनामा दे, प्रधानमन्त्री मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्तागर भन्दै नाराबाजी गरेका थिए ।

 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको