७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

सिमसारमाथि मानवीय अतिक्रमण, संकटमा जैविक विविधता



कपिलवस्तु । वातावरण सन्तुलन र जैविक विविधतामा महत्त्वपूर्ण सिमसार मानवीय अतिक्रमणको चपेटामा पर्दा जैविक विविधता सङ्कट पर्न थालेको छ । सिमसार क्षेत्रमा एकोहोरो दोहन, संरक्षणको अभाव तथा मानवीय अतिक्रमणका कारण सङ्कटमा पर्न लागेको सरोकारवाला बताउँछन् ।

नेपालमा करिब ५ प्रतिशत भूभाग सिमसार रहेका छन् । देशभर ९ सिमसार क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूचिमा सूचिकृत रहेका छन् । रामसार क्षेत्रमा सूचिकृत कपिलवस्तुको जगदीशपुर तालमा पर्यटकीय चहलपहल बढेसँगै मानवीय गतिविधि बढ्दै गएको छ । जसको असर देखिन सुरु भएको छ ।

कपिलवस्तुको जगदीशपुर तालमा बुधवार २६औं विश्व सिमसार तथा ९औं चरा दिवसमा मनाउँदै गर्दा सरोकारवालाको सिमसार दोहनमा चिन्ता व्यक्त गरेका छन् । वक्ताहरूले सिमसार संरक्षणमा सरकार र समुदायले चासो दिनु पर्नेमा जोड दिएका छन् ।

मानवीय चहलपहलकै कारण चराको स्वर्ग मानिँदै आएको जगदीशपुर तालमा चराको सङ्ख्या घट्नुले सिमसार क्षेत्र सङ्कटमा पर्न लागेको बताइएको छ । लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले सिमसार क्षेत्रको संरक्षणका लागि लुम्बिनी प्रदेश सरकारले ध्यान दिने जनाउँदै प्रस्तावना तयार गर्न स्थानीयसँग आग्रह गरे ।

सिमसार क्षेत्रमा फोहर फाल्ने, नदीबाट बगेर आएका फोहर मैला प्लास्टिक जम्मा हुने कारणले जीव जन्तु खतरामा परेको बताइएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजय राज सुवेदीले भने, ‘अब सिमसार विभिन्न किसिमले सकिँदै छ । पानी निकालेर सुकाएर खेतीपाती गर्ने प्रचलन रहेको छ । सिम मासेर धान रोपिएको छ । सिमसारमा फोहर फाल्दा नचाहिने बस्तु जम्मा हुँदा जीवजन्तु लाई असर गर्ने र सिमसार पनि मासिने समस्या थप भएको छ ।’

यता सिमसार क्षेत्रमा मानवीय गतिविधि बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर देखिन सुरु भएको छ । जगदीशपुर तालमा मानवीय क्रियाकलाप बढेको छ । डुङ्गा चलाउँदा चराहरूको चहलपहलमा बाधा उत्पन्न देखिएको छ । पछिल्ला तीन वर्षमा आगन्तुक चराको संख्यासमेत घट्दै गएको स्थानीय फोटो पत्रकार बृजेश जयसवालले बताए । नेपाल पन्छी संरक्षण संघले गरेको चरा गणनाअनुसार जगदीशपुर तालमा चराको सङ्ख्या वर्षेनी घटेको छ ।

संघका प्रोजेक्ट अफिसर भूपाल नेपालीका अनुसार जगदीशपुर तालमा सन २०१९ मा १४९८०, सन २०२० मा २०८००, सन २०२१ मा १२०६३ चरा गणना भएका थिए । तर, यस वर्ष १३ हजारको हाराहारीमा चरा गणना भएको नेपालीले बताए । हिमाली नेचरले गरेको गणनामा ९३०० चरा फेला परेका थिए ।

मानिसको चहलपहल, चोरी सिकारी, प्रजनन कार्यमा बाधा पुर्‍याउने, बास स्थानमा समस्याले गर्दा चराको सङ्ख्या घट्दै गएको छ । सिमसार क्षेत्रमा किनारहरू स्थानीयले मिच्दै गएको कारणले समेत सिमसार साँघुरो बन्दै गएको छ । कृषि कार्यमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदासमेत सिमसार क्षेत्रको जैविक विविधतामा समस्या भएको बायोलोजीस्ट दिलीप चन्दले बताए ।

सिमसारलाई जैविक, सामाजिक पर्यावरणीय, पर्यटकीय, आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण मानिए पनि समुदाय र सरकार बिचको असमझदारीको कारण चपेटामा पर्दै गएको छ । नेपाल सरकारले सिमसार संरक्षणका लागि सिमसार नीति २०६९ जारी गर्दै संरक्षण र व्यवस्थापन गर्ने नीति लिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : ३६ बजे

रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले त्यागे रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति

संविधान माथि भएको क्षतिको पूर्ति गर्न यो चुनावको ठूलो राजनीतिक महत्व छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज