१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

मौसम जानकारी : पश्चिम वायुको प्रभावले तीन दिन वर्षाको सम्भावना



काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार गएराति पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पूर्ण बदली हुने भएको छ । त्यस्तै, बागमती, मधेस र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने भएको छ ।

शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । त्यस्तै, शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने विभागको आकलन छ ।

पश्चिम वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङसहित वर्षाको सम्भावना रहेको छ । त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : २२ बजे

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौं । विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा