१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

लुम्बिनी प्रदेशमा पर्यटन वोर्ड गठनको तयारी



बुटवल । लुम्बिनी प्रदेश सरकारका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशमा पर्यटन वोर्ड गठनको तयारी भइरहेको बताएका छन् । वोर्ड गठनको प्रक्रिया शुरु भएको बताउँदै मन्त्री चौधरीले केही दिनमा काम सकिने बताएका हुन् ।

नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले विहीबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेशमा पर्यटन ऐनहरु ड्राफ्ट गर्ने काम भइरहेको बताए । मन्त्री चौधरीले लुम्बिनीको पर्यटन प्रवद्धनमा सरोकारवाला निकायसंग समन्वय गरेर अक्षयकोष निर्माण गर्ने र पर्यटन प्रवद्धनका नयाँ कार्यक्रम ल्याइने उल्लेख गरे ।लुम्बिनी प्रदेश अन्तरगत पाल्पाको कालिगण्डकी, रुकुमको सानो भेरी, दाङको ववई, प्युुठानको राप्ती, बाँकेको राप्ती सुनारी लगायतका क्षेत्रमा र्याफ्टिङ संचालनको लागि अध्ययन थालिएको पनि मन्त्री चौधरीले जानकारी दिए ।

त्यस्तै ठाउँ अनुसार सांस्स्कृतिक कार्यक्रम तथा खानाका परिकारलाई प्रवद्धन गर्ने गरी अध्ययन थालिएको उनको भनाई छ । मन्त्री चौधरीले भनेर्, दाङ, बाँके र बर्दियामा थारु संस्कृतिका संस्कृतिका कार्यक्रम तथा खानाका परिकारलाई प्रचार गर्ने, रोल्पा, रुकुममा मगर समुदायको, प्यूठान, अर्घाखाँची र गुल्मीमा बाहुन क्षेत्रीको संस्कृति झल्कने कार्यक्रमहरु ल्याउन प्रदेश सरकारले अध्ययन थालेको छ ।’ मन्त्री चौधरीले हरेक जिल्लामा कम्तिमा दुई तीनवटा नयाँ पर्यटकीय क्षेत्रको पहिचान र प्रवद्धनमा सहयोग गर्न पर्यटन पत्रकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भुवन कार्कीले प्रदेशमा पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालयसंग सहकार्य गर्न चाहेको उल्लेख गरे । प्रदेशमा ठोस् पर्यटन नीति आवश्यक रहेको भन्दै यसतर्फ सरकार गम्भीर हुन नसकेको उनको भनाई छ । कार्यक्रममा महासंघका महासचिव कपिल ज्ञवाली, सचिवालय सदस्य, स्वस्तिक श्रेष्ठ, तेजेन्द्र केसी, एनबी कंडेल लगायतले बोल्दै प्रदेश सरकारले पर्यटन नीति बनाउन ढिलाई गर्न नहुँने उल्लेख गरे ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ५ : २० बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित