७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

एमसीसीमा प्रचण्डको दोहोरो भूमिका



काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी संशोधन नगरी संसद्बाट अनुमोदन नहुने बताउँदै आएका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा र दाहालले संयुक्त रूपमा एमसीसी मुख्यालयलाई लेखेको पत्रमा भने अर्कै भाषा प्रयोग गरेको पाइएको छ ।

सम्झौता संसद्बाट अनुमोदनका लागि सदनमा सकेसम्म चाँडै पेस गर्न संयुक्त रूपमा सभामुखलाई आग्रह गर्ने पत्रमा जनाइएको छ । तर, दाहालले सचिवालयमार्फत आइतबार साँझै उक्त पत्रबारे प्रष्टीकरण सार्वजनिक गरेका छन् । उक्त पत्रबारे राजनीतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नै पर्ने दबाब भएकाले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि मात्र पत्र लेखिएको जनाइएको छ ।

‘राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनैतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र अनावश्यक उछाल्नुको अर्थ छैन’, स्पष्टीकरणमा छ । एमसीसी परियोजना परिमार्जनबिना पारित गर्नु हुँदैन भन्नेमा माओवादी दृढ रहेको जनाइएको छ । दाहालले यसअघि भने आफूले पत्र नलेखेको बताउँदै आएका थिए ।

माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी बिनासंशोधन अनुमोदन गर्न नसकिने भनेर पार्टीको नीति नै बनाएका छन् । त्यसकारण पनि देउवालाई संसद्मा एमसीसी लैजाने वातावरण बनेको छैन । प्रधानमन्त्रीले हालै दाहाल र नेपालसँग कुन-कुन बुँदामा असहमति रहेको भन्दै लेखेर दिन भनेका थिए ।

माओवादी नेता देव गुरुङले एमसीसीका विषयमा सहमति र समझदारी नभएको बताए । ‘अब अतिकम समय हामीसँग बाँकी छ । त्यसैले चुनावपछि एमसीसीका विषयमा लागौं भन्ने अध्यक्षज्यूको प्रस्ताव थियो’, नेता गुरुङले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : ४६ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली