६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल एयरलाइन्सले ग्राउण्डेड जहाजलाई इन्जिन भाडामा लिएर उडाउने



काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले इन्जिनमा समस्या आएर कतारको दोहामा ग्राउण्डेड न्यारो बडी ए–३२० जहाजलाई भाडामा लिएर उडाउने भएको छ ।

निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौँ दोहा नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । नेपाल एयरलाइन्सका अनुसार दोहास्थित कतार एयरवेजका इन्जिनियरले जहाजको निरीक्षण गर्दा बाँया तर्फको इन्जिनमा आन्तरिक खराबी पहिचान भएको थियो ।

इन्जिन फेर्नुर्ने प्राथमिक राय प्राप्त भएअनुरुप निगम व्यवस्थापनले जहाजलाई थथासक्दो छिटो उडानयोग्य अवस्थामा ल्याउन इन्जिन भाडामा लिन लागेको हो । प्राविधिक प्रतिवेदनको आधारमा निगमको नियम बमोजिम इन्जिन भाडामा लिने प्रयोजनका निम्ति ९ जनवरी २०२२ मा आरएफपी आह्वान गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

इच्छुक कम्पनीबाट प्रस्ताव प्राप्त गरी उक्त प्रस्ताव मूल्यङ्कनको आधामारमा बोलपत्रबाट एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसबाट छनोट गरी इन्जिन भाडामा लिइने प्रक्रिया अगाडि बढाइएको र उक्त समस्याग्रस्त इन्जिनको मर्मतका लागि निगमले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिसकेको उल्लेख गरेको छ । निगमको आन्तरराष्ट्रिय उडानका लागि दुई थान वाईड बडी र दुई थान न्यारो बडी जहाज छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ८ : २४ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको