७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

एमाले सांसदहरू एमसीसीबारे बोल्नै हिच्किचाउँछन् !



काठमाडौं । प्रमुख विपक्षी दल एमालेका सांसदहरू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे बोल्न हिच्किचाएका छन् । बोल्दा विवादित हुने डर उनीहरूमा देखिएको छ । संसदबाट अनुमोदन गर्नुपर्ने भन्दै एमसीसीसम्बन्धी बहस भने चर्किएको छ ।

यहीबेला सोही पार्टीका सांसदहरू तीर्था गौतम (रुकुम), वसन्तकुमार नेम्बाङ (पाँचथर) र भूमिप्रसाद त्रिपाठी (धादिङ)ले एमसीसीबारे बोल्नै चाहेनन् ।

सांसद गौतमले भनिन्, ‘अहिल्यै एमसीसीबारे बोल्न मन छैन । बोल्नै परे पनि पास भएपछि बोलौंला । अहिले बोल्दा विवादित हुन्छु होला ।’

गौतमलाई ‘एमसीसी परियोजना के हो ? यसले राष्ट्र हित वा अहित के गर्छ ? हित गर्छ भने कसरी ? गर्दैन भने कसरी ? भनेर सोध्दा यसबारे विवादित हुन सक्ने भन्दै नबोलेपछि पाँचथरे सांसद नेम्बाङलाई सोध्दा उनले पनि बोल्न चाहेनन् ।

यसपछि सांसद त्रिपाठीलाई सोध्दा उनले अहिलेको एमसीसीबारे छलफलभन्दा पनि पहिले १४ सांसदलाई कारबाही गरेर सभामुख अग्निप्रसाद सापकोटाले संसद् खुलाउने वातावरण बनाउनु पर्ने बताए । ‘अहिले एमसीसीबारे बहस गर्ने बेला होइन । हाम्रो एजेण्डा थाहै छ तपाईंहरूलाई कि हामी संसद् खुलाउन सभामुखले हामी (एमाले) ले कारबाही गरेका सांसदहरूलाई पदमुक्त गराउन माग गर्दै आएका छौँ । होइन भने राजीनामा दिनुपर्ने भन्दै आएका छौँ । त्यही भएर एमसीसीले हित गर्छ गर्दैन भन्ने बहस नगरौँ,’ सांसद त्रिपाठीले भने ।

सरकारदेखि बाहिएपछि एमालेले एमसीसी अनुमोदन गर्ने पक्ष की विपक्षमा भन्ने स्पष्ट पारेको छैन । सरकारमा रहँदा भने एमालेको जोड अनुमोदन गराउनु पर्नेमा थियो ।

 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  २ : २२ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली