६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क निर्माण



बुटवल । मजदुरका रुपमा काम गर्ने र श्रमिकलाई चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका एकजना मजदुर नेताको स्मृतिमा बुटवलमा सालिकसहितको पार्क निर्माण भएको छ । मजदुर नेताको स्मृतिमा निर्माण भएको यो पार्क यसक्षेत्रकै पहिलो हो ।

बाबुसंगै बाग्लुङबाट बुटवलमा आएका र यहीँको एउटा उद्योगमा श्रमिकका रुपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो ।

राजमार्ग छेउँमै उपमहानगर मातहत रहेको करिब दुई विगाहा क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित स्मृति पार्क निर्माण गरिएको छ । दुई खण्डमा निर्माण र विस्तार भइरहेको उक्त पार्क र परिसरमा निर्माण गरिएको पुनको अर्धकदको शालिक मंगलबार एक संक्षिप्त समारोहबीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन ।

महेन्द्र राजमार्ग निर्माण भइरहेको र त्यसमा काम गर्न भन्दै पुनका बुबा छोराछोरीलाई लिएर बुटवलमा आएका थिए । बाबुसंगै जितबहादुर र उनका दुई दाजुभाई पनि बुटवलमा आएर काम गरेका थिए । जितबहादुरले भने ०३० को दशकमा प्लाई उद्योगमा काम सुरु गरेका थिए । उद्योगमा काम गर्दै जनवादी गीत संगीतमार्फत सचेतना फैलाउने र राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा जनमत जुटाउने काममा पुनले त्यसबेला नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

पुनले नै त्यसबेला परिवर्तनको आन्दोलनमा धेरैलाई संगठित र समाहित गराएको स्मरण गर्दै एमाले केन्द्रीय सदस्यसमेत रहेका उपमहानगरका प्रमुख सुवेदीले सोही योगदानको कदर स्वरुप प्रारम्भिक चरणको कामका रुपमा सालिकसहितको स्मृति पार्क निर्माण गरिएको बताए । पार्कलाई विस्तार गरिने, मजदुरका सन्तानको शिक्षा र सामाजिक जागरणका लागि विशेष अभियानसमेत सञ्चालन गरिने उल्लेख गर्दै प्रमुख सुवेदीले अगुवाप्रतिको सम्मान र स्मृतिले पुस्तान्तरणमा सकारात्मक प्रभाव पार्ने बताए । पार्कलाई खण्ड क र खण्ड ख गरी दुई चरणमा निर्माण गरिएको छ ।

पुनकै सक्रियतामा यसक्षेत्रमा जनवादी सांस्कृतिक क्रान्ति, राजनीतिक तथा नागरिक अधिकार प्राप्तिको आन्दोलनका लागि संगठन निर्माण, श्रमज्योति क्लब गठन गर्दै त्यसैमार्फत राजनीतिक चेतनाको अभियान सञ्चालन गरिएको पुनले नै संगठित गरेका एमाले नेता डिलबहादुर आचार्यले बताए ।

पुनका भाई बुहारी र भतिजाभतिजीहरुसमेतलाई पार्कमा जुटाएर सालिकसहितको पार्कको उद्घाटन गरिएको थियो । त्यसक्रममा उनको परिवारले उपमहानगरबाट अगाद्य माया र सम्मान पाएको भन्दै प्रमुख सुवेदीप्रति आभार प्रकट गरेका थिए ।

पार्क उद्घाटन समारोहका सरिक पुनका भाईबुहारीहरु कुनाकुमारी र मिनाकुमारी पुनले आफ्ना दिवंगत मजदुर नेता ९जेठाजु० प्रति गरिएको सम्मान र स्मृति पार्कको निर्माणले आफुहरुलाई खुशीको आँसु आएको बताए ।

०४३ सालमा म्यानेन्जाइटिस भएर पुनको निधन भएको थियो । त्यसअघि पुनकी पत्नीको सुत्केरी हुनेक्रममा प्रसव पीडाकै बीचमा बच्चा जन्मन नसकेर निधन भएको थियो । पुनका भाईबुहारी र भतिजाभतिजी हाल पार्क रहेको स्थान नजिकै बस्दै आएका छन् । पुनका बाबु जो राजमार्ग निर्माणका क्रममा आएका थिए ।

उनको चौपारीमा आराम गरिरहेकै बेलामा निधन भएको बताइएको छ । पार्क उद्घाटन समारोहमा उपमहानगरका वडा नं. ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठ र वडासदस्य दलबहादुर थापा, वडासचिव सुन्दरी आचार्यलगायतले पार्कलाई संरक्षण र विस्तार गर्दै लगिने बताएका थिए । उपमहानगरका सहरी विकास तथा योजना महाशाखाका प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले करिब ५० लाख बराबरको बजेटको पार्क निर्माण र विस्तारका लागि योजनाबद्ध काम भइरहेको बताए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १० : २१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको