४ पुस २०८२, शुक्रबार | December 20, 2025

कांग्रेसको निस्कर्ष – गठबन्धन भत्किए पनि एमसीसी पास गर्नुपर्छ



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले गठबन्धन भत्किएपनि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट यथाशीघ्र अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले जस्तोसुकै परिस्थितिमा पनि एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने निस्कर्ष निकालेको हो।

बैठकपछि बाहिरिँदै केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शशांक कोइरालाले गठबन्धनको नाममा एमसीसीलाई अड्काउन नसकिने निस्कर्ष निकालिएको बताए । कोइरालाले गठबन्धन नरहेपनि एमसीसी पास गर्नुपर्ने निस्कर्ष बैठकले निकालेको जानकारी दिए ।

बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका विषयमा धेरै विवादित र विभाजित हुन आवश्यक नरहेको बताएका थिए । देउवाले एमसीसी नेपालको हितमा रहेको बताउँदै यसलाई पारित गर्नुपर्ने धारणा राखेका थिए । देउवाले एमसीसीबारे बोल्न केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री रामशरण महतलाई बोल्न समय दिएका थिए ।

देउवाले एमसीसीका विषयमा राम्रा नराम्रा विवरण आफुलाई दिन पनि महतलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ५ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको