६ पुस २०८२, आइतबार | December 22, 2025

स्वास्थ्यमन्त्री खतिवडाको एक सय दिनको प्रगति– खोपमा जोड



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनले आफू मन्त्री भएको एक सय दिन पुरा भएको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

‘प्रधानमन्त्रीज्युले घोषणा गर्नु भएको एक मात्र प्राथमिकता ‘खोप, खोप र खोप’ लाई मुर्त रुप दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालित भएको र कोभिड १९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रुपमा संचालन गरिएको थियो,’ मन्त्री खतिवडाले भने ।

उनले प्रस्तुत गरेको प्रगति विवरणमा पनि कोरोना खोपलाई बढी स्थान दिएका छन ।

आफूले कार्यभार सम्हालेपछि १२ देखि १७ बर्ष उमेर समुहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको उनले उल्लेख गरेका छन् ।

‘विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको छ,’ उनले भने, ‘लक्षित सबै जनसंख्यालाई पूर्ण मात्रा खोप प्रदान गर्ने तथा जोखिम समूह लक्षित बुस्टर मात्रा प्रदान गर्ने नीति अनुरुप पर्याप्त मात्रामा खोप अनुदान एबम खरिद मार्फÞत निरन्तर आपूर्ति भैरहेको छ ।’

२०७७ माघ महिना देखि संचालित कोभिड–१९ बिरुद्धको खोप अभियान समय तालिका बनाई सञ्चालन गरिएकोमा २०७८ मंसिर महिनादेखि कोभिड–१९ विरुद्धको खोप अभियान देशब्यापि रुपमा निरन्तर र नियमित सञ्चालन भईरहेको उनले जनाए ।

‘६५ बर्ष भन्दा माथिको उमेर समुह, दीर्घ रोगि एवम् फ्रन्टलाइनर्सलाई लक्षित गरि बुस्टर डोज भ्याक्सिन प्रदान गरिदै आएकोमा २०७८ माघ २७ गते देखि १८ बर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज भ्याक्सिन प्रदान गर्ने निर्णय भैसकेको छ,’ मन्त्री खतिवडाले बताए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १२ : ४७ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको