२३ बैशाख २०८३, बुधबार | May 7, 2026

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट सुरु भएको विद्रोहलाई अब क्रान्तिमा बदल्न बाँकी रहेको बताएका छन्।

नख्खु कारागारबाट धरौटीमा रिहा भएपछि आइतबार पहिलोपटक केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित कार्यक्रममा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले जेनजीको विद्रोहलाई रास्वपाले नै संस्थागत क्रान्तिमा रूपान्तरण गर्ने दाबी गरे।

उनले भने, “विद्रोह सुरु भइसकेको छ, त्यसलाई क्रान्तिमा बदल्न अझै बाँकी छ। सिंहदरबार बनाउनु मात्रै पर्याप्त छैन, त्यसलाई बदल्न जरुरी छ। जेनजीको विद्रोहलाई सही दिशामा रूपान्तरण गर्नु हाम्रो दायित्व हो।”

लामिछानेले संसद् पुनर्स्थापनाका लागि चलखेल भइरहेको भन्ने सूचना आफूले पाएको उल्लेख गर्दै त्यसप्रति गम्भीर आपत्ति जनाए। “म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको छ रे। कुन संसद् पुनर्स्थापनाको कुरा गर्न खोजिँदैछ ? जनताका मुद्दा उठाउँदा माइक काटिने संसद् पुनर्जीवित गर्न खोजिएको हो रु” भन्दै उनले षड्यन्त्रतर्फ संकेत गरे। उनले थपे, “षड्यन्त्रको आँखा बन्द गर्नुस्, धेरै आँखा नचम्काउनुस्।”

उनले विषम परिस्थितिमा पार्टीलाई जोगाएर अघि बढाएकोमा कार्यवहाक सभापति डोलप्रसाद अर्याललाई धन्यवाद दिए । उनले भने, “ममाथि जिल्लैपिच्छे मुद्दा लगाइयो, तर मैले विश्वास गुमाएको छैन। सत्य कहिल्यै हार्दैन भन्ने मेरो दृढ विश्वास छ। सास रहेसम्म यो विश्वास रहनेछ।”

चारैतिरबाट दबाब र आक्रमण भइरहेको अवस्थामा पनि पार्टीलाई एकताबद्ध र उत्साहित बनाइराख्नु सामान्य कुरा नभएको उल्लेख गर्दै उनले आफ्नो अनुपस्थितिमा पार्टी सम्हालेकोमा अर्यालप्रति कृतज्ञता व्यक्त गरे।

लामिछाने कार्यालय पुग्दा पार्टीका नेताहरू, समर्थक तथा शुभेच्छुकहरूले बाजागाजा सहित भव्य स्वागत गरेका थिए।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : ५१ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा