६ पुस २०८२, आइतबार | December 22, 2025

पशुपतिनाथ मन्दिर खुलाभएसँगै भक्तजनका भीड



काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको यही माघ २३ गतेको आदेश अनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च,लगायतकास्थलमा जनस्वास्थ्य मापदण्डपालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भए अनुसार आज बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गरेको हो । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डपालना गरेर आजदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए । कोरोना सङ्क्रमण तेस्रो लहर बढ्न थालेपछि गत माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

मन्दिर बन्द भएपछि माघ ५ गतेदेखि बिहीबारसम्म नित्य पूजामात्र हुँदै आएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । मन्दिर आजदेखि खुलेपनि विशेष पूजा भने शनिबारदेखि सुरु गरिने उहाँले बताउनुभयो । करिब २३ दिनपछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

प्रशासनको आदेश अनुसार ५०÷५० जना भक्तजनलाई स्वास्थ्य मापदण्डपालना गरी मन्दिर प्रवेश गराइएको छ । महाशिवरात्रि नजिकिएपछि पशुपति क्षेत्रमा भक्तजनको चहलपहल पनि बढ्ने गरेको छ । यसवर्ष फागुन १७ गते महाशिवरिात्रि पर्व परेको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १२ : ५५ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको