१६ माघ २०८२, शुक्रबार | January 30, 2026

फागुन २१ र २२ मा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला हुने



काठमाडौं । एभरेष्ट नेपाल कल्चर ग्रुपको आयोजनामा यही फागुन २१ र २२ गते काठमाडौंमा ११ औँ संस्करणको ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८’ हुने भएको छ ।

आयोजकले कोभिडका कारण प्रत्यक्ष सहभागिता सम्भव नहुने भएपछि भर्चुअल प्रविधिमार्फत मेलाको आयोजना गर्ने जनाएको छ । आयोजक संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले मेलामा नेपालसहित विश्वका ३० भन्दा बढी राष्ट्रबाट सहभागिताको लागि निश्चित भइसकेको बताए ।

उनका अनुसार यसपटक सांस्कृतिक मेलामा नेपालसहित इस्टोनिया, मेक्सिको, बंगलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरिया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिगापुर, स्लोभाकिया, साउथ अफ्रिका, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबेले सहभागिता जनाउँदै छन् ।

अध्यक्ष कोइरालाले वर्तमान युवा पिँढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेकाले अहिलेको अवस्थामा आफ्नो संस्कृति प्रवद्र्धनका निम्ती काम गर्न मेलाको आयोजना गरिएको बताए ।

संस्थाले २०५९ सालमा ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ पहिलो ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला’ को आयोजना गरेको थियो ।

संस्थाले २०७५ सालमा ‘अन्तर्राष्ट्रिय बालबालिका लोक सांस्कृतिक मेला’ आयोजना गरेपछि आयोजना गरेको थियो । त्यसपछि हरेक दुई बर्षमा मेला आयोजना गर्दै आएको संस्थाले २०७६ सालमा पर्यटन वर्ष २०२० सफल पार्न ‘दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला’ आयोजना गरेको थियो ।

अध्यक्ष कोइरालाले प्रथम अन्तर्राष्ट्रिय लोक सांंस्कृतिक मेलादेखि दशौं अन्तर्राष्ट्रिय लोक सांंस्कृतिक मेलासम्म आइपुग्दा करिब ५५ भन्दा बढी देशका पाँच हजार ५०० भन्दा बढी कलाकारहरूले आआफनो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोक सांंस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको दाबी गरे ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : ३७ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र