२१ भदौ २०८३, आइतबार | September 7, 2026

जुम्लामा ६ हजार मतदाता थपिए



जुम्ला । जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार दुई सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको निर्वाचन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजानिक गरिएको हो । जसमा महिला तीन हजार ४० जना र पुरुष तीन हजार दुई सय ३१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख तथा निर्वाचन अधिकारी महेश शर्माले बताए । उनले भने– थपिएका सहित जुम्लामा मतदाता संख्या जम्मा ६९ हजार तीन सय ३५ पुगेको छ । जसमा महिला मतदाता ३३ हजार एक सय ३७ र पुरुष मतदाता ३६ हजार १ सय ९८ जना रहेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १२ : ४९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त