७ पुस २०८२, सोमबार | December 22, 2025

प्रतिनिधिसभाको बैठक आज बस्दै



काठमाडौं । आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउसो १ बजे बस्ने संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाएका छन् । शुक्रबार नेकपा (एमाले)को अवरोधबीच थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै स्थगित भएको थियो ।

आजको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई पेश गर्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठकअघि बिहान १० बजे गठबन्धनको बैठक बस्न लागेको हो ।

पाँच दलीय गठबन्धनबीच सहमति नहुँदा एमसीसी सम्झौता संसद्मा पेश हुन सकेको छैन ।

आज संसद् बैठकअघि सभामुख सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने लागेको हो । बैठकले आजको प्रतिनिधिसभाको कार्यसूची तय गर्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : ३१ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र