८ फाल्गुन २०८२, शुक्रबार | February 21, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै



काठमाडौं । आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउसो १ बजे बस्ने संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाएका छन् । शुक्रबार नेकपा (एमाले)को अवरोधबीच थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै स्थगित भएको थियो ।

आजको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई पेश गर्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठकअघि बिहान १० बजे गठबन्धनको बैठक बस्न लागेको हो ।

पाँच दलीय गठबन्धनबीच सहमति नहुँदा एमसीसी सम्झौता संसद्मा पेश हुन सकेको छैन ।

आज संसद् बैठकअघि सभामुख सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने लागेको हो । बैठकले आजको प्रतिनिधिसभाको कार्यसूची तय गर्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : ३१ बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा