७ आश्विन २०८३, बुधबार | September 23, 2026

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरूले निरन्तर संसद् बहिष्कार गर्दै आएका हुन् ।

बिहीबार संसद् बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै उठेर विरोध जनाए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई बोल्न समय दिए । सांसद चौधरीले भिजिट भिसा प्रकरणबारे सरकार गम्भीर नभएको र आफ्नो आन्दोलन जारी रहने स्पष्ट पारे । उनले बेथिति विरुद्ध आवाज उठाउनेलाई जेल हाल्ने प्रवृत्तिप्रति आपत्ति पनि जनाए ।

त्यस्तै, राप्रपा सांसद धवलशमशेर राणाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । साथै उनले निजी शिक्षालाई निरुत्साहित गर्ने कार्य उचित नभएको बताए ।

भिजिट भिसा प्रकरणमा छानबिन समितिको मागलाई लिएर रास्वपा र राप्रपाका सांसदहरूले पछिल्ला दिनमा निरन्तर सदनमा विरोध जनाउँदै आएका छन् ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  १ : ५५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई