८ फाल्गुन २०८२, शुक्रबार | February 21, 2026

भोटेचौरमा पर्यटन पूर्वाधार बनाउन काठमाडौंले लगानी गर्ने सहमति



सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ ।

काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरी महानगरकै सहयोगमा निर्माण हुन लागेको सो उद्यान बाढीले बगाएपछि अहिले उद्यानमा गर्ने लगानी महानगरले मेलम्ची-१ भोटेचौरको पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को स्वीकृत बजेटअन्तर्गत नगर साझेदारी कार्यक्रम अन्तर्गत पूर्वाधार निर्माणमा सहयोग गरेको थियो ।

उद्यान निर्माण गर्न सम्झौता गरेको एक करोड ५० लाख अनुदान मेलम्ची-१ भोटेचौरमा पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए ।

मेलम्ची बाढीले प्राविधिकरूपमा सम्झौताअनुसार कार्य गर्न सम्भावना नभएकाले मेलम्चीको आग्रहअनुसार भोटेचौरमा पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरिएको उनले जानकारी दिए ।

१६ करोड अनुमानित लागतमा पर्यटकीयस्थल भोटेचौरमा विभिन्न स्थानमा उद्यान, खाल्टे-ठूलो ढुङ्गा तथा केदार मन्दिरबाट पातल गुफा पैदलमार्ग, सवारी पार्क, ठाउँ-ठाउँमा बुद्ध, शिवमूर्ति राखिने, तपचुली डाँडा सिँढी तथा भ्यूटावरलगायत चिया बगानमा उद्यान पातल गुफासम्म पदमार्ग र गुफा व्यवस्थापनलगायतका काम हुने मेलम्ची नगरपालिका-१ का वडाध्यक्ष कृष्ण चौलागाईँले जानकारी दिए ।

मेलम्चीको आग्रहनुसार महानगरपालिकाले निर्णय गरी भोटेचौर एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रस्तावित ‘डिजाइन स्पेसिफीकेशन’ र लागतअनुसार निर्माणकार्यमा खर्च गर्न सहमति प्रदान गरेको हो । ती दुई स्थानीय तहका बीच विसं २०७७ पुसमा भगिनी सम्बन्ध स्थापना भएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ८ : ४० बजे

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज,

नेपालगञ्जको वेस्टर्न मार्टमा आगलागी

बाँके । नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको वेस्टर्न मार्टमा आगलागी भएको

एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । नेकपा (एमाले)को चुनाव चिह्न अंकित झण्डा जलाएको आरोपमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक : कावा आयुक्त भण्डारी

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा