१५ बैशाख २०८१, शनिबार | April 27, 2024

आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित



सिन्धुपाल्चोक । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौं र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन् ।

मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बुका सात स्थानमा हालै शिविर आयोजना गरिएको थियो । मेलम्ची नगरपालिका-४ पिप्लेमा भएको शिविरमा एक सय ९० जना, मेलम्ची-७ मा एक सय ५०, मेलम्ची ११ मा एक सय ६६, इन्द्रावती वडा नं १२ भीमटारका एक सय १६, हेलम्बु गाउँपालिका-२ किउलका ७३, पाँचपोखरी थाङपाल गाउँपालिका-५ गुन्साका एक सय ८४ र तिपेनीका एक सय ७२ गरी एक हजार ५१ जनाले सेवा लिएका हुन् ।

शिविरमा सेवा लिन आएकामध्ये एक सय २२ जनामा मोतियाविन्दु फेला परेको र एक सय ३९ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले जानकारी दिए । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सुष्मा दुवाल नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । मेलम्ची नगरपालिकासँगको समन्वयमा मोतियाविन्दु शिविर अन्य सम्बन्धित पालिकाको समन्वयमा आँखा जाँच शिविर सञ्चालन गरिएको केन्द्रप्रमुख भट्टले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ८ : २२ बजे

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य