१२ बैशाख २०८१, बुधबार | April 24, 2024

आईसीसी टी-२० विश्वकप छनोट : आज नेपाल क्यानडासँग भिड्दै



काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत आज नेपाल तेस्रो खेलमा क्यानडासँग भिड्दै छ ।

सेमिफाइनल पुग्न आज नेपालले क्यानडाको सामना गर्नेछ। ओमनको अल अमेरत क्रिकेट ग्राउन्डमा आज अपारह्न ३ः४५ बजे नेपाल र क्यानडाको खेल हुनेछ ।

ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै तेस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । यसअघि नेपालले ओमनलाई ३९ रनले र फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो ।

नेपाल दुई खेलमा ४ अंक सहित समूहको शीर्षस्थानमा छ । त्यस्तै, दुई खेलमा एक जित र एक हजारसहित क्यानडा २ जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, ओमन दुई अंकसहित तेस्रो स्थानमा छ। फिलिपिन्सले भने दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ ।

फाइनलमा पुग्ने दुई टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी टी-२० विश्वकपको लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ७ : २५ बजे

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको