३० कार्तिक २०८२, आइतबार | November 16, 2025

प्रधानमन्त्री देउवाद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज साँझ ट्विट गर्दै प्रधानमन्त्री देउवाले क्यानडाविरुद्ध आठ विकेटको जीत निकाल्दै ‘टी–२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई दिएका हुन् ।

प्रधानमन्त्री देउवाले ट्विट गर्दै भनेका छन्, “क्यानाडाविरुद्ध जीत निकाल्दै टी– विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई । मङ्गलबार हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुभेच्छासहित सम्पूर्ण टोलीलाई शुभकामना व्यक्त गर्दछु ।”

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : ४७ बजे

भैरहवामा श्रीमती हत्या गरेको आरोप लागेका वीरबहादुर बुटवल बसपार्कबाट पक्राउ

बुटवल । आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई

होटल कल्पतरुले मनायो १० औं वार्षिकोत्सव, कर्णाली र सुदूरपश्चिममा सेवा विस्तारको घोषणा

नेपालगन्ज । नेपालगन्जमा विगत १० वर्षदेखि हस्पिटालिटी सेवा दिँदै आएको

निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक (मस्यौदासहित)

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित

एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ गृहमन्त्रालयद्वारा स्वीकृत

काठमाडौँ । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा सदस्य

फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित पौडेललाई दियो पूर्ण छात्रवृत्ति

काठमाडौ । फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित