२० माघ २०८२, मंगलबार | February 3, 2026

साइकल मार्फत बाँके-बर्दिया घुमाइदै, ‘टुर डे ठाकुरद्वारा’ को तयारी तिब्र



नेपालगन्ज । सन् २०१९ देखि प्रत्यक बर्ष नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्दै आइरहेको नेपालकै उत्कृष्ट साइक्लिङको इभेन्ट ‘टुर डे ठाकुरद्वारा’को चौथो सस्करण आउँदो फागुन २० र २१ गते आयोजना हुने भएको छ ।

‘सस्कृति, प्रकृति, पर्यटन र खेल’ भन्ने नारा सहित चौथो सस्करणको तयारी तीब्र पारिएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिएका छन् । यश बर्ष नेपालगन्ज साइकल उत्सव अन्तर्गत क्लबले ‘टुर डे ठाकुरद्वारा’को चौथो सस्करण गर्न गइरहेको कार्यक्रम संयोजक प्रेम केसीले बताए । संयोजक केसीका अनुसार कार्यक्रममा भारत बाट १० जना, महिला ३० जना र काठमाडौ , भक्तपुर , ललितपुर , पोखरा , उदयपुर , बुटवल , हेटौंडा , बारा, पर्सा, चितवन , कपिलवस्तु , भैरहवा , दाङ , सुर्खेत , धनगढी , महेन्द्रनगर , बिराटनगर , धरान, इटहरी , झापा, नुवाकोट, नवलपरासी तथा बाँके, बर्दिया गरि २०० बढी साइक्लिस्टहरुले सहभागिता जनाउने अपेक्षा गरिएको संयोजक केसीले बताए ।

बाँके र बर्दियाका पर्यटकिय गन्तव्यको प्रचारप्रसार र पर्यटन पर्वद्धनको उद्देश्य राखेर कार्यक्रम गरिदै आएको आयोजक नेपालगन्ज साइक्लिङ क्लबका सचिव प्रदीप सापकोटा बताए ।

‘हामीले यो बर्ष चौथो सस्करण गर्दै छौं, सफलता पुर्वक आयोजना गरिएको बिगतका ३ सस्करणको सहभागिता , कार्यक्रम बाट प्राप्त उपलब्धि , सहभागीहरु को प्रतिक्रियाले पनि हाम्रो कार्यक्रम देशभर मै स्थापित भएको छ,’ क्लब अध्यक्ष सतिश निरौलाले भने, -‘यो नेपाल मा आयोजना गरिने साइकलका इभेन्ट भित्र स्थापित भैसकेको छ । हामी यसलाई साइकल को कुम्भू का रूपमा स्थापित गर्ने छौं ।’

नेपालको पुरानो शहर नेपालगन्जमा साइकलका माध्यमबाट देशभर र भारत बाट समेत सयौं मानिसहरुलाइ बोलाएर हामीले बाके र बर्दिया घुम्ने माहोल बनाएको बताउँदै निरौलाले ‘टुर डे ठाकुरद्वारा’ अब सिङ्गो शहरको कार्यक्रम बन्नु पर्ने बताए ।

फागुन १९ गते देशभर र भारतबाट सहभागी नेपालगन्ज आइपुग्ने छन् र त्यो दिन पुरा उनिहरुलाइ नेपालगन्ज घुमाइने छ, निरौलाले भने, ‘२० गते बिहान् सबैलाई बागेश्वरी मन्दिरमा जम्मा गरि औपचारिक कार्यक्रम शहित यात्रा सुरु हुनेछ ।

नेपालगन्ज नगर परिक्रमा गर्दै २०० जना साइकलेहरुको टिम जानकी , खजुरा हुँदै बढैयाताल भएर बासगढी, भुरीगाउ हुँदै १०० किलोमीटरको साइकल यात्रा पुरा गरि ठाकुरद्वारा पुग्ने नेपालगन्ज साइकल उत्सव मुल आयोजक समिति संयोजक तथा क्लबका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र दीप कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : २६ बजे

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक