२० मंसिर २०८२, शनिबार | December 6, 2025

ब्रिटिस एजुकेशन ग्रुपको ‘द उलविच इन्स्टिच्युट’ दुबईमा



दुबई । द ब्रिटिस एजुकेशन ग्रुपले दुबईमा पनि यही शनिबारका दिन ‘द उलविच इन्स्टिच्युट’को उद्घाटन गरेको छ ।
सन् २००३ देखि द ब्रिटिस एजुकेशन ग्रुप सञ्चालनमा रहेको छ । काठमाडौँको द ब्रिटिस कलेजसहित लण्डन र नेपालमा द ब्रिटिस एजुकेशन ग्रुपले शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आइरहेको छ ।

दुबईको नलेज भिलेजका रुपमा परिचित स्थानमा यो कलेज रहेको छ । यो टिबिसी र द ब्रिटिस एजुकेशन ग्रुपका लागि विशेष गौरवको क्षण हो । यस शैक्षिक क्षेत्रमा गरिएको लगानीले नेपाली विद्यार्थीहरु लाभान्वित हुनेछन् । नलेज भिलेजको कन्फ्रेन्स सेन्टरमा उद्घाटन कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अर्ल लिमेरेकले स्वागत मन्तव्य दिएका थिए । उनले भने,‘ शिक्षामा परिवर्तन समयको माग हो, र भविष्यको रोजगारी तथा व्यवसायी बन्नका लागि आवश्यक सबै सीपहरूमा विद्यार्थीहरु निपुण हुन् भन्ने सुनिश्चितता हामीले गर्नुपर्दछ ।’

त्यस्तै सिइओ राजन कडेँलले भने,‘सुनौलो भविष्य निर्माणका लागि सर्वसुलभ मुल्यमा गुणस्तीय शिक्षा अपरिहार्य छ । यसका लागि हामीले कडा मेहेनत गर्दै आइरहेका छौँ ।’

कार्यक्रममा प्रिन्सिपल माइक ग्रिफफित्स, विशाल भट्टराई, मिनिस्टर काउन्सलर अफ दि एमबेसी अफ नेपाल), द ब्रिटिस एजुकेशन ग्रुपका निर्देशक महेन्द्रराज कडेँलको उपस्थिति रहेको थियो ।

बोर्डका सल्लाहकार डा. खालिद हेनकिरले भने,‘ विद्यार्थीहरू नयाँ भविष्यको लागि तयार छन् भनी सुनिश्चित गर्नको लागि मिडल इस्टमा परिवर्तित र चुस्त व्यवस्थापन तर्फ काम गर्न म अत्यन्तै केन्द्रित छु ।’

प्रमुख व्यापारिक हवहरुको नजिक रहेको द उलविच इन्स्टिच्युट विद्यार्थीहरुलाई विभिन्न खालका अवसर प्राप्त गर्ने बाटो बन्नेछ । नलेज भिलेजको केन्द्रमा रहेको क्याम्पस दुवई मिडिया सिटी, दुवई इन्टरनेट सिटी, दुवई मरिना र पाल्म जुमेरियाह नजिक रहेको छ । यहाँ विश्वस्तीय क्याफेटेरिया र आधुनिक सुविधाहरु प्राप्त हुनेछ । जसलाई विद्यार्थीहरुले सर्वसुलभ मुल्यमा प्राप्त गर्नेछन् ।

द ब्रिटिस एजुकेशन ग्रुपले आफ्ना विद्यार्थीहरुलाई नेपाल, दुवई र लण्डनमा क्रेडिट ट्रान्सफर गर्दै अन्तर्राष्ट्रिय अनुभव दिनका निम्ति यी सहरहरुमा सेमिष्टर अनुसार आफुलाई ट्रान्सफर गर्दै पढ्न पाउने अवसर प्रदान गर्न गरिएको यो एउटा नयाँ पहल हो ।

उक्त नलेज भिलेजमा विश्वका आधा दर्जनभन्दा बढी विश्वविद्यायहरु सञ्चालनमा आएका छन् । त्यस स्थानका विद्यार्थीहरु खेल्ने, मनोरञ्जन गर्ने तथा अतिरिक्त नलेज लिने ठाउँ एउटै व्यवस्था भएको हुँदा उलविचमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि ती सबै युनिभर्सिटीका विद्यार्थीहरुसँग अन्तर्राष्ट्रिय अनुभवको साटफेर हुनबाट लाभान्वित हुने देखिन्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ८ : ४६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय