१८ माघ २०८२, आइतबार | February 1, 2026

युक्रेनमाथि रुसी शक्ति प्रयोगको नेपालले गर्‍यो विरोध



काठमाडौं । नेपालले युक्रेनमाथि रुसले गरेको शक्ति प्रयोगको विरोध जनाएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दौ रुसी कदमको विरोध गरेको हो ।

‘नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयम अपनाउन नेपाल आग्रह गर्दछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।

संयुक्त राष्ट्र संघको सदस्यको हैसियतले नेपालले राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पालना गर्न नेपालले रुसलाई आग्रह गरेको छ ।

परराष्ट्रले राष्ट्रसंघको सबै सदस्य राष्ट्रहरूले सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पूर्ण रूपमा सम्मान गर्नुपर्ने बताएको छ ।

‘युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिनु संयुक्त राष्ट्र संघको बडापत्रको प्रावधानको विपरीत हो । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देश विरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधान खोज्नेमा विश्वास गर्दछ,’ परराष्ट्रले स्पष्ट शब्दमा भनेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज युक्रेनमा आक्रमण गर्न सेनालाई निर्देशन दिएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १ : ३३ बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज