३ पुस २०८२, बिहिबार | December 19, 2025

युक्रेनलाई सहयोग गर्न जेलेन्स्किीले फेरि गरे पश्चिमा गठबन्धनलाई अनुरोध



किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युक्रेनलाई सहयोग गर्न र रुसको पासविक हमला रोक्न फेरि अर्को पटक अनुरोध गरेका छन् । रुसी सेनाविरुद्ध आफूहरु एक्लै लड्नु परेको बताउँदै उनले पश्चिमा देशहरु समक्ष यस्तो अनुरोध गरेका हुन् । यसअघि जेलेन्स्किले अमेरिकी सैन्य गठबन्धन नेटो र पश्चिमा देशहरुले युक्रेनलाई सहयोग नगरेको बताएका थिए ।

‘हामीहरुले हाम्रो देशलाई एक्लै जोगाइरहेका छौं । हिजोजस्तै विश्वकै सबैभन्दा शक्तिशाली फौजले टाढाबाट हेरिरहेको छ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने ।

आज उज्यालो नहुँदै युक्रेनमा धेरै मिसाइल आक्रमण भएको जेलेन्स्किीलेले पुष्टि गरेका छन् । स्थानीय समयअनुसार बिहान ४ बजे हमला भएको उनले बताएका छन् ।

रुसको आक्रमणले सैन्य र नागरिक दुवैलाई निशाना बनाएको उनले बताएका छन् । रुसले यसअघि सर्वसाधारणमाथि हमला नगरेको बताएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १२ : २८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको