२२ भदौ २०८३, सोमबार | September 7, 2026

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा



खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधनहरूलाई इलाका प्रहरी कार्यालय धनौली खजुराले नियन्त्रणमा लिएको छ ।

खजुरा गाउँपालिका–५, ६ र ८ का विभिन्न स्थानका सरकारी सार्वजनिक ऐलानी जग्गाबाट अवैध रूपमा माटो तथा बालुवा उत्खनन् र ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उत्खनन्मा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिएको हो ।

ऐलानी जग्गाबाट अवैध रूपमा माटो तथा बालुवा उत्खनन् र ढुवानी भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एउटा जेसीबी, एउटा टिपर र ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको धनौली प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सबै सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि खजुरा गाउँपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गाउँपालिकाले नियम विपरीत उत्खनन् तथा ढुवानी गरेका सबै सवारी साधनलाई जरिवाना तिराएर छोडेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ९ : २४ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा