१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

ओली देखाएर प्रचण्ड र नेपाललाई गलाउने देउवाको रणनीति



काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ ।

विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई गलाउन खोजेको देखिएको छ ।

प्रधानमन्त्री देउवाको दल एमसीसीको पक्षमा एकजुट छ । तर, सत्तारूढ गठबन्धनका अन्य दलहरू एमसीसी सम्झौताको विपक्षीमा देखिएपछि प्रधानमन्त्री देउवाले सो दल र तिनका नेताहरूलाई एमसीसीको पक्षमा पार्न प्रमुख प्रतिपक्षी दल एमाले र त्यसका अध्यक्ष ओलीसँग निकटता देखाउन थालेका हुन् । प्रधानमन्त्री देउवाले ओलीसँग सामीप्यता देखाएको जस्तो गरे पनि उनको भित्री चाहना भने सत्तारूढ गठबन्धनमार्फत नै एमसीसीमा सहमति खोजेर निकास निकाल्न सकियोस् भन्नेमा नै रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोही रणनीतिअनुसार नै तीन दिनदेखि ओलीसँग निरन्तर छलफल गर्दै आइरहेका छन् । ओलीसँग सामीप्यता देखाएर प्रचण्ड र नेपाललाई तर्साउने र गलाउने रणनीति उनले अख्तियार गरिरहेको बताइएको छ । गत दुई दिनको बीचमा देउवाले ओलीसँग तीनपटक वान टु वान वार्ता गरिसकेका छन् भने आफू निकट नेताहरूसहित एमालेका अध्यक्ष ओलीसहित अन्य नेतासँग पनि तीनपटकसम्म छलफल गरिसकेका छन् ।

तीनपटकसम्म छलफल गर्दा पनि उनीहरू बीच कुनै सहमति भने जुट्न सकेको छैन । यही दुई दिनको बीचमा देउवाले सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष नेपाललाई पनि लगातार भेट्दै आइरहेका छन् । स्रोतका अनुसार एमाले अध्यक्ष ओली सत्तागठबन्धन भत्काउने दाउमा छन् । त्यसैले पनि उनले एमसीसीमा आवश्यक सहयोग गर्न सकिने आश्वासन देउवालाई दिएका छन् । त्यसका लागि ओलीले संसद्मा आफूहरूका लागि उपयुक्त वातावरण बनाउनुपर्ने माग गर्दै आइरहेका छन् । उनले माग गरेको उपयुक्त वातावरण भनेको सभामुखको राजीनामा वा उनीमाथि महाअभियोग लगाएर हटाउनु हो ।

यसैगरी ओलीले समाजवादीका १४ सांसदलाई हटाउनुपर्ने सर्त राखेका छन् । ओलीका यी सर्त पूरा गर्न देउवालाई निकै कठिन भएकाले उनी गठबन्धनलाई नै फकाएर वा गलाएर एमसीसी पारित गराउने सुरमा रहेको स्रोतको भनाइ छ । शुक्रबार गठबन्धनका दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रमुख नेताहरू एमसीसीप्रति केही सकारात्मक देखिएका छन् ।

सत्ताको प्रमुख दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेबीच सहमति भएमा आपूmहरूको राजनीतिक अस्तित्व सकिने भयले उनीहरू त्यसलाई रोक्न एमसीसीमा सहमतिनजिक पुग्न थालेको स्रोतको दाबी छ । देउवाले लगातार ओलीलाई भेट्न थालेपछि प्रचण्ड नेपाल दुवै जना आत्तिन थालेका छन् र देउवा ओलीको नयाँ गठबन्धन बन्न नदिन उनीहरूले एमसीसी पास गराउने कार्यमा समेत वैकल्पिक उपायको खोजी गर्न थालेका छन् ।

स्रोतका अनुसार प्रचण्ड र नेपाल दुवैले देउवालाई एमसीसी सदनबाट पारित गराउन आपूmहरूले अदृश्य भूमिका खेल्ने र सो भूमिका सफल हुने भन्दै देउवालाई आश्वस्त पारेका छन् ।

यद्यपि, देउवा उनीहरूसँग आश्वस्त हुन सकिरहेका छैनन् । त्यसैले देउवाले प्रचण्ड र नेपाललाई गलाउन अझै ओली र एमाले नेताहरूलाई भेट्ने शृंखलालाई जारी राख्ने बताइएको छ । एमालेले भने देउवाको रणनीतिलाई राम्रैसँग बुझेकाले निकै चनासो र सतर्कताका साथ उनीसँगको भेटघाटलाई निरन्तरता दिइएको एमाले स्रोतले जनाएको छ ।

सायद यसै कारण हुन सक्छ एमाले अध्यक्ष ओलीले शुक्रबार पोखरामा भएको एक कार्यक्रममा एमाले कसैलाई चाहिँदा आवश्यक पर्ने खुत्रेको जस्तो पार्टी नभएकाले कोही पनि कुनै भ्रममा नपर्न सचेत पारेका थिए । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : १५ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता