१ चैत्र २०८२, आइतबार | March 15, 2026

रुपन्देही सुनचाँदी व्यवसायी संघद्धारा अपाङ्ग आश्रममा नगद सहित खाद्यान्न सहयोग



बुटवल । रुपन्देही सुनचाँदी व्यवसायी संघले अनाथ आश्रममा खाद्यान्न सहित नगद सहयोग गरेको छ । समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै शनिबार बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा २५ हजार बराबरको खाद्यान्न सहित रु १३ हजार नगद सहयोग गरेको हो ।

आश्रममा आयोजित कार्यक्रममा रुपन्देही सुनचाँदी व्यवसायी संघ अध्यक्ष, राम किशन बिश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य एम बि बिश्वकर्मा कार्यक्रम संयोजक रेवन्त बिश्वकर्मा, महासचिव सिताराम रसाइली लगायतले आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई उक्त खाद्यान्न सहित नगद हस्तान्तरण गरेका हुन ।

त्यस अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य प्रमुख अतिथी एम बि बिश्वकमाले सामाजिक उत्तरदायित्व बहन गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेकामा धन्यवाद व्यक्त गरे । संघले बिगत देखि नै सामाजिक क्षेत्रमा काम गरिएको बताउदै निरन्तर यस्तो कार्य गर्नुपर्नेमा जोड दिए । बर्षको एक दिन आफ्ना आफन्तको स्मृति वा शुभ कार्यमा अन्यत्र गरिने फजुल खर्चको साटो आश्रममा सहयोग गर्न अनुरोध गरे ।

‘हामिले हजारौं रुपैयाँ अनावश्यक चिजहरुमा खर्च गरीरहेका हुन्छौं तर आश्रममा त्यही खर्च गर्दा यहाँ आश्रीत सबैलाई राहत पुग्छ’ बिश्वकर्माले भने –‘जन्मदिन र बिवाह बर्षगाँठ जस्तै बार्षिक पुण्य तिथी मनाउनेहरुलाई पनि यहाँ आएर सहयोग गर्ने गरेमा ते नै असल समाज सेवा हुन्छ ।’

विपन्न तथा अपाङ्गता भएकाहरुलाई केही राहत पुगोस भरेर थोरै भएपनि दैनिक उपभोग्य सामाग्री दाल, चामल, पिठो, सर्फ, प्याज, लसुन, नुन, चिनी साबुन लगायतका खाद्यान्न हस्तान्तरण गरिएको सहयोग संघका अध्यक्ष राम किशन बिश्वकर्माले बताए । उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

खाद्यान्न तथा नगद ग्रहण गर्दै आश्रमका अध्यक्ष डोल बहादुर रामदामले आश्रममा परिवार बिहिन विपन्न व्यक्तिहरुले आश्रय लिईरहेको बताए । यस्तै सहयोगी हातहरुबाट उनीहरुको दैनिक गुजारा चलाईरहेको र अर्थोपार्जनको खोजी गरिएको बताउँदै त्यसमा सहयोग गर्न आग्रह गरे । साथै उनले आर्थिक अभावले बेलाबेला समस्या भोगे पनि आफ्नो संरक्षणमा राखेका बालबालिकालाई आफूअनुकूलका सिप सिकाउने, पढाउने र अपाङ्गताविरुद्ध उपचारका लागि अस्पताल पठाउने व्यवस्था आश्रमले गरेको बताए ।

कार्यक्रमा संघका द्धितिय उपाध्यक्ष गोपाल रामदाम, कोषाध्यक्ष मनोज सेन्चुरी,सह कोषाध्यक्ष संजय सेन्चुरी, तिलोत्तमा सुनचाँदी व्यवसायी संघ अध्यक्ष कृष्ण बहादुर रसाइली, प्रेस सल्लाहकार फूलु सुनार, सदस्य मात्रिका गहतराज, राजु बिक, मन्जु श्री बिक कार्यलय सचिव मुना सिंह लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संघका उपाध्यक्ष किशोर कुमार सुनारको धन्यवाद ज्ञापन, कार्यक्रम संयोजक रेवन्त बिश्वकर्माको स्वागत मन्तव्य एवम महासचिव सिताराम रसाइलीको संचालन सम्पन्न भयो ।

३ जना अपाङ्गता भएका व्यक्तिले २०६७ सालमा अभिभावकविहीन अपाङ्गता भएका बालबालिकाको संरक्षणका लागि खोलिएको नेपाल अपाङ्ग आश्रममा हाल ३२ जना आश्रीत छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ४ : ४९ बजे

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी