१८ माघ २०८२, आइतबार | February 1, 2026

युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन



काठमाडौं । युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ ।

रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमबाट ‘रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको हो ।

गैरआवासीय नेपाली संघका युरोपस्थित राष्ट्रिय समितिसमेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस) रहेका छन् ।

समितिको सदस्य सचिवमा डा. चिरन्जिवी खड्का (चेक रिपब्लिकां), सदस्यहरूमा जीवन केसी (पोल्याण्ड), हरिबहादुर मल्ल (युक्रेन), शिवकुमार भुर्तेल (रुस), जयाप्रसाद शिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हङगेरी), यदुराम पन्थी (चेक रिपब्लिका), मिलन पन्त (जर्मनी) र प्रेस संयोजकमा चिरन शर्मा (यूके) रहेका छन् ।

द्वन्द्वपीडितका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा. बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको छ ।

जर्मनीका लागि नेपाली राजदुत खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२० जना नेपाली दुतावासको सम्पर्कमा आएको जानकारी दिए ।उनले ती नेपालीहरुको सहयोगको लागि दुतावासले नेपाली सरकार, स्थानीय संघसंस्थासँग समन्वय गरिरहेको बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : २० बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज